लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवलमा शुरुभयो फिल्म एकेडेमी, अब फिल्म पढ्न बाहिर जानुनपर्ने

IMG

तिलोत्तमा ,२०७७ माघ २५।  रुपन्देहीको तिलोत्तमामा ३ युवाको सहलागानिमा बुटवल फिल्म एकेडेमीको शुरुवात भएको छ।  लुम्बिनी प्रदेशका संघिय मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीले गमलामा पानि हालेर सो फिल्म एकेडेमीको शनिबार उद्घाटन गर्नुभएको हो।  फिल्म विधामा अध्ययन गर्न काठमान्डौ या  छिमेकी भारत या विदेश जानपर्ने बाध्यता अब टरेको मन्त्री केसीको भनाइ थियो। नेपालि चलचित्रका अभिनेता बिपिन कार्की भस्मेडन को बिशिस्ट आतिथ्यतामा सम्पन्न सो उद्घाटन तथा सेमिनार कार्यक्रममा यस क्षेत्रका फिल्म पढ्न इच्छुक बिद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो।  


सो कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका संघिय मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीले बुटवलमा फिल्म एकेडमि बनाउने साहासि योद्धाहरुलाइ सलाम भन्दै सो कार्यको शुरुवात गर्ने युवाहरुलाई थप प्रशंशा गर्नुभएको थियो । चलचित्र प्रदेश ऐेन क्याविनेटमा जाने क्रममा रहेको बताउदै मन्त्री केसीले हिउदे अधिवेसनमा सो कार्यको सुरुवात गर्ने र एकेडमि संरक्षण गर्ने दायित्वमा सरकार रहने बताउनुभएको छ। भारतीय फिल्ममा जस्तै नेपालमा एकेडमि आवश्यक रहेकाे र लुम्बिनी प्रदेशमा फिल्म पार्क बनाउने गरि माष्टरप्लान बनाएको उहाले बताउनुभयो। हाम्राे गुरुयोजनानै फिल्मको लागि बन्दै गरेको छ,माैलिकतामा हामी बिशेष ख्याल गर्दैछाै" उहाले भन्नुभयो। सेन्सर नीतिमा समेत बिशेस नीति ल्याइने बताउदै उहाले प्रतिबन्धित क्षेत्र बाहिर गएमा फिल्मलाई सेन्सर गरिने बताउनुभयो  । 




तिलोत्तमाका ३ जना युवा दिपेन कण्डेल, अरुण शर्मा , शास्वत पाण्डे संचालक रहेको सो फिल्म एकेडेमीको मणिग्राममा कार्यालय रहने संचालक मध्यका अरुण शर्माले बताउनुभयो।  विभिन्न ५ विधामा अध्यापन हुने गरि एकेडेमीको शुरुवात गरिएको उनको भनाइ छ । एकेडेमीले स्थापनाको अवसरमा शर्ट मुभी कम्पिटिसन राखिएको छ, जसको अभिनय विधाका बिजेतालाई नगद रु ५० हजार , गायनतर्फ २ लाख बराबरको अडियो भिडियोग्राफी सहित पुरष्कार , संगै आमा बिषयमा टिकटक कम्पिटिसन गराइएको अर्का संचालक दिपेन कंडेलले बताउनुभयो।  


सो बुटवल फिल्म एकेडेमीको उद्घाटन तथा सेमिनार कार्यक्रममा फिल्म विधाका लेखक शिवशंकर,कलाकार जोडी जीवन भट्टराई र लक्ष्मी बर्देवा , मोडल आस्मा गिरि,माेडल तथा कलाकार आरी रानफ,तिलोत्तमा नगरपालिका वार्ड नम्बर १ का अध्यक्ष तामानाथ पाण्डे,रिपोर्टर्स क्लब नेपाल प्रदेश लुम्बिनीका अध्यक्ष रामकुमार क्षेत्री, चलचित्र पत्रकार संघ रुपन्देहीका अध्यक्ष सुमन श्रेष्ठ, नमस्ते नेपाल रुपन्देहीका अध्यक्ष अर्जुन खरेल, अभिनय तर्फ सञ्जाेग रसाईलि,केदार भुषाल,मनिष निराैला लगायतले बोल्दै फिल्म एकेडेमीको यस क्षेत्रमा जरुरि रहेको र फिल्म पढ्न इच्छुकहरुले अब टाढा जान नपर्ने कुरा बताउदै सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो।  


कार्यक्रम मा बोल्दै संचालक अरुण शर्माले तत्काल काम शुरुवातसंगै थर्ड आइ नामक फिल्म बनाउने घोषणा समेत गर्नुभएको छ। त्यस्तै अर्का संचालक दिपेन कंडेलले धेरैको माग र प्रतिक्षालै मध्यनजर गर्दै लुम्बिनी प्रदेशलाइ समेट्ने गरि बुटवल केन्द्रित फिल्म एकेडेमीको शुरुवात गरिएको बताउनुभएको छ।  उहाले अब अध्ययनका लागि काठमान्डौ पोखरा दिल्ली मुम्बई र विदेश जान नपर्ने भन्दै सबै सेवा सुबिधा सहित हरेक विधाको अध्ययन बुटवलमा हुने बताउनुभयो। संचालक मध्यका स्वास्वत पाण्डेको स्वागत संगै शुरु भएको सो कार्यक्रममा उपस्थित बिद्यार्थीहरुले फिल्म सम्बन्धि जिज्ञासा राखेका थिए। 

कमेन्ट गर्नुहोस्