
२० माघ २०७७,तिलोत्तमा। फागुन अन्तिम साता सम्पन्न हुने दशौं संस्करणको नेफ्टा फिल्म अवार्ड २०७७ को शीर्षक प्रायोजना टाइटल स्पोन्सरमा एलआइसी लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले सहकार्य गर्ने भएको छ ।नेपाल चलचित्र प्राविधिक संघ तथा ड्रिम हाइ नेपाल प्रालिको संयुक्त आयोजनामा नेफ्टा फिल्म अवार्ड हुँदैछ ।आयोजक प्राविधिक संघसँगै अवार्डको आयोजकमा जोडिएको ड्रिम हाइ नेपाल प्रालि तथा एलआइसीबीच शुक्रबार सम्झौता पत्र आदान–प्रदान भएको छ ।
एलआइसीका तर्फबाट सिइओ लक्ष्मीप्रसाद दास तथा ड्रिम हाइ नेपालको तर्फबाट कमल जिसीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।शीर्षक प्रयोजनाका लागि नेफ्टा अवार्डलाई एलआएसीले कति रकम उलपब्ध गरायो भन्ने खुलाइएको छैन ।सम्झौतापछिको सहकार्यसँगै नेफ्टा अवार्डको नाम अब एलआइसी नेपाल १० औं नेफ्टा अवार्ड २०७७ भएको छ ।शीर्षक प्रयोजनमा सपोन्सरमा एलआइसी जोडिएसँगै नेफ्टा अवार्डको ब्यूटी स्पोन्सरमा जोय पपैया तथा अर्को सहकार्य पार्टनर काठमाडौं वर्ल्ड स्कुल पनि जोडिएको छ भने अवार्डलाई पर्यटन बोर्डले प्रवर्धन गर्नेछ ।
अवार्ड समारोहले आन्तरिक पर्यटन प्रवर्धनमा समेत सघाउ पुर्याउने आयोजकले विश्वास लिएको छ ।कोरोना भाइरसको महामारीको कारण गत वर्ष स्थगित भएको यो अवार्डमा २०७५ सालमा बर्षभरी प्रदर्शनमा आएका नेपाली फिल्मले प्रतिस्पर्धा गर्दैछन् ।जुरीले फिल्मको उत्कृष्ट पाँच मनोनयन छानिसक्दा मनोनयन सार्वजनिक समारोह यहि माघ २४ गते काठमाडौंमा आयोजना गरिंदैछ ।अवार्ड समारोह भने फागुन २९ गते हुनेछ ।
कोरोना महामारीपछि सुस्ताउने अवस्थामा पुगेको चलचित्र क्षेत्रलाई थप चलायमान र सकृय बनाउन अवार्ड कार्यक्रम गर्न लागिएको प्राविधिक संघ अध्यक्ष पुष्कर लामाले बताए ।महामारिको कारण डुबानमा परेको चलचित्र क्षेत्रलाई गतिशिल बनाउने आफुहरुको दायित्व भन्दै यस कार्यमा हातेमालो गर्न समग्र चलचित्रकर्मी, दर्शक तथा शुभचिन्तकहरुलाई लामाले आग्रह पनि गरेका छन् ।
कमेन्ट गर्नुहोस्