लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बाघले मोटरसाइकलबाट लगेको महिलाको शव भेटियो

IMG

बर्दिया २०७७ पौष १९। बर्दिया राष्ट्रिय निकुञ्जभित्र गएराति मोटरसाएकलमा सवार महिलालाई पाटे बाघले झम्टेर लगेको थियो उक्त महिलाको शव निकुञ्जको टोलीले आज फेला पारेको छ ।बाघले आक्रमण गरेको खबर पाए लगत्तै निकुञ्जको टोली र नेपाली सेनाले हात्तीको सहायताबाट बेपत्ता भएकी महिलाको खोजी गरिरहेको थियो । मोटरसाइकलमा सवार आमाछोरा कैलाली लम्किचुहा नगरपालिका ४ आफ्नो घर तर्फ जाँदै गर्दा शुक्रबार राति साढे ८ बजेतिर ५० वर्षकी नन्दकला थापालाई पाटे बाघले मोटसाईकलबाटै झम्टेर लगेको थियो । मृतक महिलाका छोरा मोटसाइकल चालक सन्तोष थापालाई सामान्य चोट लागेको निकुञ्जले जनाएको छ ।


पाटे बाघले आक्रमण गरेको ठाउँदेखि झण्डै ५ सय मिटर निकुञ्जभित्र कुवाँभारको गुम्ना पुल नजिकै क्षतविक्षत रुपमा महिलाको शव फेला परेको निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले जानकारी दिनुभयो । पाटे बाघले महिलाको घाँटी, कम्मर र खुट्टाको आधा भाग खाएको अवस्थामा शव फेला परेको र अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल गुलरिया लगिएको उहाँले बताउनुभयो ।


बर्दिया निकुञ्जका पूर्व वार्डेन रमेशकुमार थापाका अनुसार झण्डै २१ वर्ष अघि २०५६ सालमा निकुञ्जको यहि क्षेत्र आसपासमा राजमार्गमै पाटे बाघले मोटरसाइकलमा सवार कैलाली लम्किका फिल्म हल साहुलाई आक्रमण गर्दा ज्यान गएको थियाे । राजमार्ग क्षेत्रमा धेरै वर्ष पछि फेरि यस्तो दुखद घटना भयो बर्दिया राष्ट्रिय निकुञ्जका पुर्व वार्डेन रमेशकुमार थापाले बताउनुभयो ।


मोटरसाइकलमा आक्रमण गरि महिलाको ज्यान गएपछि क्यामरा प्रविधिको सहयोगमा बाघ पहिचान गरि नियन्त्रणमा लिने प्रयास थालिने निकुञ्जले जनाएको छ । बेलुका ६ बजेदेखि बिहानको ६ बजेसम्म निकुञ्ज भित्र पर्ने राजमार्गमा मोटरसइकल, साइकल र पैदल यात्रीलाई रोक लगाउने तयारी थालिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताउनुभयो

कमेन्ट गर्नुहोस्