लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जीतगढी टू रानीमहल:साइकल यात्रा

IMG

२०७७ पुष ११ तिलोत्तमा। राइड टू रानीमहल सिजन-२ को यात्रा बुटवलको जीतगढी किल्लादेखि आज सुरु भएको छ । रुपन्देही जिल्ला साईक्लिङ संघको आयोजनामा सुरु यात्रालाई उद्घाटन गर्दै लुम्बिनी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले यात्रुहरुलाई बुटवलदेखि विदाई गरे ।लुम्बिनी प्रदेश पर्यटन मन्त्रालय, पर्यटन डिभिजन कार्यालय रुपन्देही, साईन रेसुङा विकास बैंक, बुटवल उपमहानगरपालिका, तानसेन नगरपालिकासहित विभिन्न संघ–संस्थाहरुको सहयोगमा आयोजित रानीमहल यात्रामा देशका विभिन्न जिल्लादेखि १५० बढी सहभागी भएका छन् ।


यात्रामा सहभागीहरुलाई विदाई गर्दै मन्त्री गिरीले खेलकूदबाट व्यक्तिमा अनुशासनसँगै पर्यटन विकासमा समेत टेवा मिल्ने बताए । नेपालको ऐतिहासिक पर्यटकीय रानीमहलको प्रवर्द्धन गर्ने पवित्र उद्देश्यका आयोजित कार्यक्रमले पर्यटन विकासमा सहयोग गर्ने अपेक्षा गरे । पर्यटन नै विकासको आधार भएको भन्दै यसमा युवाहरु नै अघि बढ्नुपर्ने उनको सुझाव छ । खेललाई पर्यटनसँग जोडेर गरिएको अभियानले पर्यटनको विकाससँगै यस क्षत्रलाई आर्थिक केन्द्रको रुपमा विकास गर्न टेवा पुग्ने बताए ।


रुपन्देही जिल्ला साईक्लिङ संघका अध्यक्ष पुकार थापाले सबैको साथ र सहयोगबाट राष्ट्रियस्तरको साइक्लिङ कार्यक्रम आयोजना गरिएको बताए । बुटवलको सामरिक, ऐतिहासिक स्थल जितगढी किल्लाबाट पाल्पाको रानीमहल सम्मका लागि सुरु भएको यात्रामा काठमाण्डौ, पोखरा, नेपालगञ्ज, नारायणगढ लगायत स्थानबाट राइडरहरु सहभागी भएका छन् ।

कमेन्ट गर्नुहोस्