लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अब चलचित्र घरहरु मज्जाले सञ्चालन हुनुपर्छ : सभापति ओम जैसी

IMG

तिलोत्तमा, ३० मंसिर ।कोरोनाको संक्रमण फैलिन नदिन सरकारले लकडाउन घोषणा गरेपछि करीब ७ महिना देशका हरेक क्षेत्र बन्द भए । निषेधाज्ञा खुकुलो भएपछि सरकारले विभिन्न क्षेत्रलाई सञ्चालनको अनुमति दियो । अहिले फिल्म क्षेत्रबाहेक लगभग सबै क्षेत्र खुलिसकेका छन् । दशैंदेखि फिल्मको छायांकन पनि सुरु भएका छन् । तर, ९ महिनादेखि ताला लागेको सिनेमा हल अझै खुल्न सकेको छैन । फिल्म सम्बद्ध संघ-संस्थाहरुले फिल्म निर्माण, प्रदर्शन र वितरण खुल्ला गर्न प्रधानमन्त्रीदेखि सरकारी निकायका विभिन्न व्यक्तिसँग छलफल गर्दा समेत सरकारले फिल्म क्षेत्रलाई सञ्चालन गर्न चासो देखाएको छैन । सरकारले फिल्म क्षेत्रलाई सौतेनी व्यवहार गरेको भन्दै हल व्यवसायीहरुको छाता संस्था नेपाल चलचित्र संघले पौष १० गतेबाट सिनेमा हल खोल्ने निर्णय गर्दै आन्दोलनको घोषणा समेत गरेको छ ।


त्यसो त यस क्षेत्रको चलचित्र हलको कार्य गर्दै आएको नेपाल चलचित्र संघ पश्चिमाञ्चल समितिले चलचित्र घरहरु सञ्चालन हुनुपर्ने जोडदार माग गरेको छ । सरकारले चलचित्र घर सञ्चालन गर्नतर्फ कुनै ध्यान नदिएकोले बाध्य भएर २०७७ पुस १० गतेदेखि चलचित्र घरहरु सञ्चालन गर्न लागिएको संघले जनाएको छ । नेपाल सरकारको स्वास्थ्य सुरक्षा विधि तथा विश्व स्वास्थ्य संगठनको सुरक्षा मापदण्डको सुरक्षा मापदण्ड समेत अपनाएर चलचित्र घरहरु सञ्चालन गरिने नेपाल चलचित्र संघ पश्चिमाञ्चल समितिका अध्यक्ष तथा काशी सिने प्लेक्स भैरहवाका संचालक ओम जैसीले बताए । सरकार समक्ष विभिन्न मागहरु राख्दै चरणबद्ध आन्दोलन गर्ने निर्णय समेत भएको जैसीले जानकारी दिए । चलचित्र क्षेत्रलाई अति प्रभावित क्षेत्रमा सम्बोधन हुनुपर्ने, चलचित्र घर सञ्चालन नभएको अवधिको विद्युत डिमाण्ड चार्ज पूर्ण रुपमा मिनाहा हुनुपर्ने, चलचित्र प्रदर्शन व्यवसायले उद्योगको मान्यता पाउनुपर्ने, दुई वर्षसम्म नेपाली चलचित्रमा मूल्य अभिवृद्धि कर मिनाहा गर्नुपर्ने, मनोरञ्जन कर खारेज हुनुपर्ने, चलचित्र विकास शुल्क खारेज गर्नुपर्ने, बाँकी वक्यौतामा कर तथा शुल्कहरु २०७८ असार मसान्तसम्म बुझाएमा सम्पूर्ण जरिवाना मिनाहा हुनुपर्ने र चलचित्र घरको लागि आवश्यक उपकरण तथा सामाग्रीहरुमा भन्सार छुट हुनुपर्ने संघको माग छ ।


त्यसो त बिद्यालय , कलेज, सपिङ्ग सेन्टर, मन्दिर, पार्क, होटल रेस्टुरेन्ट पार्टिप्यालेश, डान्स बार आदि खुलिसकेको बेला हाल नखोल्दा दर्शक मनोरंजित हुनबाट बन्चित छन् भने कलाकारसंगै चलचित्र क्षेत्रमा जिबन निर्बाह गर्नेहरु समेतलाइ यसले गम्भीर असर पर्दै आएको छ। 

कमेन्ट गर्नुहोस्