लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

संचारकर्मी सुमनको निर्देशन,जोसन र सोनुको फिचरिंगमा,अफ्सरको "तिमी र म"

IMG

कार्तिक २७ गते २०७७ तिलोत्तमा।  नेपाल आइडलमा रुपन्देहीको नाम चम्काइसकेका अफ्सर अलिको सुमधुर शब्द संगीत र स्वरमा सजिएको गीत "तिमी र म" सार्बजनिक भएको छ। युट्युब मार्फत आफ्ना प्रिय दर्शक श्रोता माझ गीत पस्केका अफ्सर अलि यो गीत ले दर्शकको माया पाउनेमा ढुक्क छन्। सुरज पाण्डेयले छायांकन कलर इडिट गरेको सो भिडियोलाइ संचारकर्मी सुमन श्रेष्ठले निर्देशन गरेका छन्।  बिगत १७ बर्ष देखि पत्रकारिता क्षेत्रमा जमेका संचारकर्मी श्रेष्ठले निर्देशन गरेको यो पहिलो म्युजिक भिडियो हो।  तर यस अघि उनले धेरै शर्टमुभी  वृत्तचित्र र फिचरहरु गराइसकेका छन्।  आफ्नो यो निर्देशन म्युजिक भिडियोमा पहिलो भएकोले पनि उनि अझै एक्साईटेड छन्।  


त्यसो त एकैछिन संगीतलाई निखार्न लागिपरेका अफ्सर अलिले यो गीतले दर्शकको माया बटुल्नेमा ढुक्क छन्।  गीतमा सागर क्षेत्रिले सहायक क्यामेरामा सघाएका छन् भने गोकुल घिमिरेले मास्टर रेकर्डिङ्ग गरेका हुन्।  जी बिट्सको प्रोडक्सन रहेको म्युजिक भिडियो "तिमी र म"मा चकलेटी मोडल जोसन गौचन , सोनु रामजाली, कृष्ण भुसण र बिनु रामजालीको मुख्य भूमिका रहेको छ।  मुभ अन प्रोडक्सन प्रालिको प्रस्तुतिमा रहेको म्युजिक भिडियोलाई अफ्सर अलिको आफ्नै युट्युब च्यानल बाट सार्बजनिक गरिएको छ भने सार्बजनिक भएको पहिलो दिनमै दर्शक श्रोताले धेरै मन पराइरहेका छन्। 

कमेन्ट गर्नुहोस्