लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पाल्पाको दुर्घटनामा एकको ज्यान गयो,एक घाइते

IMG

शनिबार पाल्पामा भएको दुर्घटनामा परि एक जनाको ज्यान गएको छ भने एक जना घाइते छन्। पाल्पा रिप्दिकोट गाउपालिका ३ शिरुखर्क स्थित गुल्मी पाल्पा सडक खण्डमा तानसेनदेखि गुल्मीतर्फ जाँदै गरेको लु १९ प ८१७५ न.को मोटरसाइकल आफै अनियन्त्रित भई सडकमा पल्टिन जाँदा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताए।


सो दुर्घटनामा घाइते भएका दुबैजनालाई उपचारको लागि लुम्विनि मेडिकल कलेज प्रभाष पाल्पा पठाइएकोमा पाल्पा तानसेन न.पा.१४ अर्गेली बस्ने वर्ष ३९ को हरी प्रसाद ज्ञवालीको उपचारको क्रममा मृत्यु भएको छ भने गुल्मी रुरु गा.पा. २ बस्ने वर्ष ४३ को अनिल ज्ञवालिको छातिमा भित्रि चोट लागेको छ। अहिले घाइतेको अवस्था मध्यम रहेको प्रहरीको भनाइ छ।  घटनाका बारेमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट थप अनुसन्धान भई रहेको छ।

कमेन्ट गर्नुहोस्