
रुपन्देहीको तिलोत्तमा नगरपालिका १७ भरौलियामा टेक्टरको ठक्करबाट भएको दुर्घटनामा परि एकजनाको उपचारको क्रममा मृत्यु भएको छ भने १ जना घाइते भएका छन्। हिजो २ बजे दिउसो तिलोत्तमा न.पा.१७ भरौलिया स्थित भित्री सडक खण्डमा जमुहानीबाट भरौलियातर्फ जाँदै गरेको लु२त ७९७ नं.को टेक्ट्ररले बिपरित दिशाबाट आउँदै गरेको लु१६प ६०४७ नं.को मो.सा.लाई ठक्कर दिदाँ मोटरसाइकल चालक देबदह न.पा.११ भुतहा बस्ने २५ बर्षीय प्रकाश चौधरी र पछाडी बस्ने २७ बर्षीय पंचराम चौधरी घाईते भएका हुन्। घाइते दुबैलाई उपचारको लागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएकोमा उपचारको क्रममा पंचराम चौधरीको मृत्यु भएको हो।
मोटरसाइकल चालक प्रकाश चौधरीको दाया पाखुरा र ढाडमा चोट लागेको थियो भने पछाडी बस्ने पंचराम चौधरीको टाउकोमा चोट लागि अवस्था सिरियस थियो। ठक्कर दिने टेक्ट्रर र मोटरसाइकल नियन्त्रणमा रहेपनि टेक्टर चालक फरार रहेको र खोजतलास कार्य जारी रहेको इलाका प्रहरी कार्यालय मंगलापुरले बताएको छ।
कमेन्ट गर्नुहोस्