लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सुधारिएको संघिय लोगो, के अहिले चित्त बुझ्यो ?

tillotmacitynews - 2020 Oct 29 06:38 PM
IMG

१३ कात्तिक, काठमाडौं । संघीय सांसदहरुको सुधारिएको लोगो तयार भएको छ । र, सांसदहरुले आएर नयाँ लोगो लैजान सक्ने संसद सचिवालयले बताएको छ ।संसद सचिवालयले साउन अन्तिम साता लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटिएको नेपालका नयाँ नक्सा भएको लागो बनाएको थियो । तर निक्कै भद्दा भएको भन्दै चौतर्फी आलोचना भएपछि संसद सचिवालयले लागो बनाउने घरेलु तथा साना उद्योग कार्यालयलाई नै फिर्ता गरेको थियो ।अहिले सुधारिएको लोगो आएको छ । ‘नयाँ लागो बनाउन लागेको खर्च पहिले जसले बनाएको थियो, उसैले व्यहोरेको छ’ संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले भने ।उनका अनुसार नयाँ लोगो सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लगाउन थालेका छन् भने संसदहरुले पनि लैजान सक्नेछन् ।

कमेन्ट गर्नुहोस्