लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

देशमा शुसासनको कमि छ, त्यसलाई सुधार्न लागि परेको छु : कृषि तथा पशुपन्क्षी मन्त्री भुसाल

IMG

रुपन्देहीको शुध्दोधन गाउपालिका वडा नम्बर ४ को प्रशासनिक कार्यालयको शनिबार उदघाटन भएको छ।कृषि तथा पशुपन्क्षी मन्त्री घनश्याम भुसालले उक्त कार्यालयको उदघाटन गर्नुभयो।सो अवसरमा बोल्दै उहाले सरकारले पहिलाको तुलनामा धेरै राम्रा विकासका निर्माणहरु सम्पन्न भैसकेको तर कबुल अनुसार काम गर्न नसकेको बताउनु भयो ।उहाले भन्नुभयो " हामीले धेरै काम गर्नु छ ,जब हामी नै सन्तुष्ट छैनौ भने जनता सन्तुष्ट हुने कुरै भएन " । कोरोनाको नियन्त्रण सम्बन्धमा केही मुलुकको तुलनामा हामी पछि भए पनि कैयौं मुलकको हकमा अगाडि रहेकोे बताउनु भयो ।कृषि मन्त्रालयमा कैयौं वर्ष देखि शुसासनको कमि रहेकोेले त्यसलाई सुधार्न लागि परेको बताउनु भयो ।किसानलाई समयमा मलखाद वितरण गर्न कोरोनाको सक्रमण र केही ठेकदारहुरुको कारणले नसकेको स्वीकार गर्दै अब कमि कमजोरी सच्याउदै किसानलाई समयमा हि बिउभिजन र मलखाद उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।


लुम्बिनी प्रदेश सभासद तुलसी प्रसाद चौधरीले सरकारले गरेका राम्रा कार्यहरुको विपक्षीले सहन गर्न नसकेको बताउनु भयो । राजधानीको विषयमा विपक्षी राजनीति दलले आपत्ति जनाएको भएता पनि नेकपा पार्टीले मात्रै राजधानी दाङ्ग लगेको होइन।नेपाली कांग्रेसका सभासदहरुकाे पनि हस्ताक्षर रहेको बताउदै चौधरीले प्रमाण सहिद दिनसक्ने दाबीसमेत गर्नुभयो।शुध्दोधन गाउपालिका अध्यक्ष  किसुनचन्द चौधरीले चुनावमा गरिएको प्रतिबद्धता अनुसार विकास निर्माणका कार्यहरु अगाडि बढिरहेको र यश गाउँ पालिकामा विकासको क्रम बडी रहेको कृषि क्षेत्र लाई विशेषगरी ध्यानाकर्षण गाउँ पालिकाले गरेको बताउनु भयो।शुध्दोधन गाउपालिका वडा नम्बर ४ का वडा अध्यक्ष राजेन्द्र कंडेलले   कतिपय विकास निर्माणका कार्यहरु सम्पन्न भैसकेको र कतिपय कार्यहरू क्रमिक रूपमा अगाडि बढिरहेको बताउनु भयो।साथै  अगाडि बढिरहेका विकास निर्माणका कार्यहरू सफल कार्यन्वयनको लागि प्रदेश सरकार र संघिय सरकारको सहयोग आवश्यक पर्ने बताउनु भयो।


सामाजिक व्यक्तित्वबाट ल्याइएका रचनात्मक योजनालाई कार्यन्वयन गर्न गाउपालिका सधैं तत्पर रहेको वडा अध्यक्ष कंडेलले बताउनु भयो ।शुध्दोधन गाउपालिका वडा नम्बर  ४ को नव निर्मित भवन ७४ लाख ८६ हजार ६  सय ५१ रुपैया एघार पैसाको लागतमा निर्माण भएको  र वडा कार्यलय रहेकोे जग्गाको क्षेत्रफल साढे दुई कट्ठा रहेकोे यश गाउँ पालिकाका कार्यालय लगायतका वडा कार्यालयका सबै कर्मचारी जनप्रतिनिधि हरुले मुस्कान सहिदको सेवा प्रदान गर्ने र गाउँ पालिकामा विकास का लागि अजैपनि ६सयभन्दा बडीकाे कार्यक्रम हरु रहेको  शुद्दोधन गाउपालिका प्रमुख प्रशासकीय अधिकृत रविन्द्र चौधरीले प्रतिवेदन प्रस्तुत क्रममा बताउनु भयाे ।



शुध्दोधन गाउपालिका वडा नम्बर ४ का वडा अध्यक्ष एव गाउपालिका प्रवक्ता राजेन्द्र कंडेलको अध्यक्षता, कृषि तथा पशु पन्क्षी मन्त्री घनश्याम भुसालको प्रमुख आतिथ्यता, लुम्बिनी प्रदेश सासद तुलसी प्रसाद चौधरी एवं बिष्णु पन्थिको विशिस्ट आतिथ्यता, गाउपालिका अध्यक्ष किसुन चन्द चौधरीको विशेष आतिथ्यता, गाउपालिका प्रमुख प्रशासकीय अधिकृत रविन्द्र चौधरीबाट प्रतिवेदन प्रस्तुत ,वडा सदस्य पुजा दमाईको स्वागत मन्तव्य ,वडा सदस्य हेमन थापाको संचालनमा सम्पन्न कार्यक्रममा सम्विधान सभा सदस्य सोनिया यादव , शुद्दोधन  गाउपालिका उपाध्यक्ष शान्ता ज्ञवाली , नेकपा शुद्दोधनका अध्यक्ष नर वहादुर घर्ती ,नेकपा रुपन्देही  क्षेत्र नम्बर ३ का सचीव प्रेम गुरुङ लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।


कमेन्ट गर्नुहोस्