लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र नेतृ हिसिला यमिलाई कोरोना संक्रमण

tillotmacitynews - 2020 Oct 24 02:36 PM
IMG

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र नेतृ हिसिला यमिलाई कोरोना संक्रमण भएको छ ।भट्टराई दम्पतीले शनिबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत आफुहरुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका छन् ।कातिक ७ गते शुक्रबार पीसीआर परीक्षण गराएकोमा आज बिहान नतिजा पोजेटिभ आएको हो ।डाक्टर भट्टराईले ट्वीट गर्दै भनेका छन्, ‘हिसिला र म दुवैलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ।


कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको हो,’ ट्विटरमा उनले लेखेका छन्, ‘चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौं। केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ।’

कमेन्ट गर्नुहोस्