
‘के रअका प्रमुख उनको नेपाली समकक्षी नेपालको गुप्तचर निकायका प्रमुखको निमन्त्रणामा आएका हुन् ? के त्यसरी आउँदा उनले प्रधानमन्त्रीसँग ‘शिष्टाचार भेट’ गरेका हुन् ? यदि हुन् भने त्यो पनि प्रधानमन्त्री ओलीको कार्यालयले तुरुन्त स्पष्ट पारोस् । होइन भने, देशको प्रधानमन्त्रीको मर्यादाको ख्याल भयो कि भएन ?’ बिहीबार जारी विज्ञप्तिमा भनिएको छ ।एकातिर परराष्ट्र मन्त्रालयले औपचारिक वार्ताका लागि गरेको पत्राचारको जवाफ दिल्लीले नदिनु र अर्कोतिर खुफिया एजेन्सीका प्रमुख आएर सिधै प्रधानमन्त्रीलाई भेट्नुले नेपाली कुटनीति भारतसँगको सम्वन्धमा कुन तहमा गिरेको छ भन्ने स्पष्ट हुने साझा पार्टीले बताएको छ । यस्तो गतिविधिले अन्य देशहरूसँगको नेपालको कुटनीतिक सम्बन्धलाई पनि अत्यन्तै हलुका र सस्तो बनाइदिने विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्री ओलीकै जस्तो आचरण दशकौँदेखि नेपालका शीर्ष नेताहरूले देखाइरहेको भन्दै साझा पार्टीले यस्तो आचरण रोक्न र परराष्ट्र मन्त्रालयको कुटनीतिक आचारसंहिता पालना गर्न आग्रह गरेको छ ।
कमेन्ट गर्नुहोस्