लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

डा.गोबिन्द केसीको समर्थनमा युवा सडकमा ,प्लेकार्ड सहित शान्तिपूर्ण प्रदर्शन

IMG

असोज १० गते तिलोत्तमा।  शनिबार बिहान तिलोत्तमा ५ स्थित मणिग्राममा बिहान एकाएक हातमा प्लेकार्ड लिएका मानिसहहरु आए। प्लेकार्डमा लेखिएको थियो " डा.गोबिन्द केसीको जिबन रक्षा गर "। चिकित्सा शिक्षा सुधारको लागि अनशनरत डाक्टर गोबिन्द केसीको समर्थनमा रुपन्देहीका विभिन्न क्षेत्रका युवायुवतीहरुले मणिग्राम चोकमा शान्तिपूर्ण प्रदर्शन गरेका थिए । प्रदर्शनमा सहभागी भएका युवाहरुले केसीको समर्थनमा लेखिएको विभिन्‍न नाराहरु उल्लेख गरिएको प्ले कार्ड बोकेर प्रदर्शन गरेका थिए।


उनीहरुले सरकार आफ्नो नियत सच्याउ, डाक्टर गोबिन्द केसीको जीवन रक्षा गर,मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका विकृती अन्त्य गर , राज्य आतंक बन्द गर , केपी ओलीको मिसन सिटामोलमा कमिसन,लगायतका नाराहरु लेखिएको प्ले कार्ड बोकेका थिए।सहभागीहरुले जनताको प्रत्यक्ष सरोकारको विषयमा आवाज उठाउनु आमनागरिकको प्रजातान्त्रिक अधिकार भएको मुलुकमा बल प्रयोग गरी अमर्यादित ढंगले अनसनरत डाक्टर केसीमाथि गरिएको अभद्र व्यवहारको बिरोध समेत गरेको नेपाल तरुण दल रुपन्देहीका जिल्ला सदस्य लक्ष्मण गौतमले बताउनुभएको थियो । प्रदर्शनमा रुपन्देहीको विभिन्न क्षेत्रबाट आएका युवा युवतीहरुको उल्लेख्य सहभागिता रहेको सदस्य गौतम ले बताउनु भयो ।गुणस्तरिय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको लागि प्राध्यापक डाक्टर केसी १९औं पटक अनशनरत छन्।  

कमेन्ट गर्नुहोस्