लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

उत्तर कोरियाका नेता किम जोङ उन २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिए

tillotmacitynews - 2020 May 02 04:43 PM
IMG

काठमाडौं । विभिन्न हल्लाका बीच उत्तर कोरियाका नेता किम जोङ उन २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिउनु भएको छ । नेता उन सार्वजनिक कार्यक्रममा उपस्थित भएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको हो ।


पछिल्ला दिनहरुमा सार्वजनिक कार्यक्रममा नदेखिएपछि उहाँको स्वास्थ्यलाई लिएर विभिन्न अड्कलबाजी हुँदै आएको थियो । उत्तर कोरियाली सञ्चारमाध्यम केसीएनएले नेता उनले एक रासायनिक मल उत्पादन गर्ने उद्योगको रिबन काटेर उद्घाटन गर्दै गरेको दृष्य देखाएको छ ।


समाचारमा जनाइएअनुसार उहाँ उक्त कार्यक्रममा उपस्थित हुँदा सहभागी मानिसहरुले ताली बजाएर स्वागत गरेका थिए । उक्त कार्यक्रममा नेता किम जोङ उन उहाँकी आफ्नी बहिनी किम यो जोङ्गका साथै अन्य थुप्रै वरिष्ठ अधिकारीहरुसहित उपस्थित हुनु भएको थियो ।


यद्यपि, उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमको उक्त रिपोर्टको स्वतन्त्र रुपमा पुष्टि भने हुन सकेको छैन । यसअघि गत १२ अप्रिलदेखि उन कुनै पनि सार्वजनिक कार्यक्रममा देखिनु भएको थिएन । लामो समयसम्म सार्वजनिक कार्यक्रममा उनलाई नदेखिएपछि विश्वभर उहाँ गम्भीर रुपले बिरामी परेको र मृत्युसम्म भएका विभिन्न खाले अड्कलबाजी हुँदै आएको थियो ।


गत बुधबार अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले उत्तर कोरियाली अधिकारीहरुले नेता उनलाई पछिल्ला केही दिनदेखि नदेखेको बताएको उल्लेख गरेपछि थप द्विविधा उत्पन्न गराएको थियो ।


तर, दक्षिण कोरियाले भने किम जोङ उन गम्भीर रुपमा बिरामी परेको खबर सही नभएको बताएको थियो । उत्तर कोरियाली नेता उन गत १५ अप्रिलमा आफ्ना हजुरबाको जन्मदिन समारोहमा उपस्थित हुनु भएको थिएन ।


उनका हजुरबा किम इल सुङ उत्तर कोरियाको संस्थापक नेता हुनुहुन्छ । उत्तर कोरियामा किम इल सुङको जन्मदिन विशेष रुपमा भव्यताका साथ मनाउने गरिन्छ । उक्त कार्यक्रममा नेता उन नदेखिएपछि विश्वभर विभिन्न खाले अड्कलबाजी सुरु भएको थियो ।


किम जोङ उन लामो समयसम्म यसरी हराएको यो पहिलो पटक भने होइन । यसअघि सन् २०१४ मा पनि उहाँ ४० दिनसम्म कुनै पनि सार्वजनिक कार्यक्रममा देखिनु भएको थिएन ।


उक्त समयमा पनि यस्तै खाले विभिन्न अफवाहहरु चलेका थिए । त्यसबेला यस्तो पनि हल्ला चलेको थियो कि किम जोङ उनलाई विद्रोहपछि सत्ताबाट हटाइयो ।

कमेन्ट गर्नुहोस्