
तिलोत्तमा । लिस्नु कप २०८३ अन्तर्गत आज हुने भनिएको अन्तिम सेमिफाइनल खेलमा देवदह ब्वाइज क्लब मैदानमा उपस्थित नभएपछि आयोजक लिस्नु क्लब नेट गोलसहित विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ।
देवदह ब्वाइज क्लब आन्तरिक कारणले निर्धारित समयमा खेलमा उपस्थित हुन नसकेपछि रेफ्रीले आयोजक लिस्नु क्लबलाई विजयी घोषणा गरेका हुन्। यससँगै आयोजक लिस्नु क्लबले फाइनलमा स्थान सुरक्षित गरेको छ।अब लिस्नु कप २०८३ को फाइनल खेलमा आयोजक लिस्नु क्लब र मोनस्टर क्लब नवलपरासीबीच प्रतिस्पर्धा हुनेछ। फाइनल खेल आइतबार हुने आयोजकले जनाएको छ।फाइनलमा आयोजक लिस्नु क्लब र मोनस्टर क्लब नवलपरासीबीचको प्रतिस्पर्धाले प्रतियोगिताको उपाधि भिडन्त थप रोमाञ्चक बन्ने छ।
तिलोत्तमा–१५, पसुपति माविको खेलमैदानमा जारी २४औँ लिस्नु कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा देवदह ब्वाईजलाई अनुपस्थितिमा पराजित गर्दै आयोजक लिस्नु युवा क्लब फाइनलमा प्रवेश गरेको छ । भदौ ३१ गतेदेखि सुरु भएको प्रतियोगिताको विजेताले रु. ३ लाख ५१ हजार १ सय ११ तथा उपविजेताले रु. २ लाख १ हजार १ सय ११ नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगितामा विधागत रूपमा उत्कृष्ट हुने खेलाडीलाई समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल असोज ११ गते पसुपति माविको खेलमैदानमा हुने आयोजकले जनाएको छ ।
कमेन्ट गर्नुहोस्