
तिलोत्तमा । तिलोत्तमा–६ कुञ्जलापुरमा जारी ३८औँ झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा गोर्खा ब्वाइज बुटवलले देवदह ब्वाइजलाई ८/१ गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ । गोर्खा ब्वाइजको जितमा उत्कृष्ट प्रदर्शन गरेका बिकी चाम्लिङ राईले दोहोरो ह्याट्रिक पूरा गरे । खेलको सुरुवातदेखि नै आक्रामक देखिएको गोर्खा ब्वाइजले लगातार गोल गर्दै खेलमा आफ्नो पकड बनाएको थियो।
देवदह ब्वाइजले भने सान्त्वना स्वरूप एक गोल फर्काएको थियो । खेलमा उत्कृष्ट प्रदर्शन गर्दै दोहोरो ह्याट्रिक पूरा गरेका बिकी चाम्लिङ राई म्यान अफ द म्याच घोषित भए । प्रतियोगिताअन्तर्गत असोज १६ गते शुक्रबार आयोजक झरना स्पोर्ट्स क्लब कुञ्जलापुर र जनज्योति डिङ्गरनगर बीच खेल हुनेछ । असोज २५ गते हुने फाइनलका लागि प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको छ ।प्रतियोगिताको विजेताले ४ लाख रुपैयाँ तथा उपविजेताले २ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई समेत नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
कमेन्ट गर्नुहोस्