लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

३८ औँ झरना रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता असोज १४ गतेदेखि

IMG

रुपन्देही । झरना स्पोर्ट्स क्लबको आयोजनामा ३८ औँ झरना रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता–२०८३ आगामी असोज १४ गतेदेखि सुरु हुने भएको छ। प्रतियोगिता असोज २५ गतेसम्म सञ्चालन हुनेछ।प्रतियोगितामा १२ उत्कृष्ट टिमको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगिताको विजेताले नगद ४ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।


प्रतियोगितामा प्रत्येक खेलमा म्यान अफ द म्याच तथा विभिन्न विधागत पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। खेलहरू उमा आधारभूत विद्यालय, कुञ्जलापुरको खेल मैदानमा सञ्चालन हुनेछन्।प्रतियोगितामा सहभागी खेलाडी, पत्रकार तथा अतिथिहरूलाई क्लबकी संगीता गुरुङले स्वागत गर्नुभएको थियो।


कार्यक्रममा बोल्दै जिल्ला फुटबल संघका अध्यक्ष, तिलोत्तमा खेलकुद विकास समितिका संयोजक तथा क्लबका सल्लाहकार लोक पुनले प्रतियोगिताका बारेमा जानकारी गराउँदै खेलकुदको विकास र खेलाडीको क्षमता अभिवृद्धिमा प्रतियोगिताले योगदान पुर्‍याउने बताउनुभएको छ ।

क्लबका अध्यक्ष धनेन्द्र पौडेलले प्रतियोगिता सफल बनाउन खेलाडी, खेलप्रेमी, संघसंस्था तथा सबै पक्षको सहयोग आवश्यक रहेको भन्दै सहयोगका लागि आह्वान गर्नुभएको थियो।  उहाँले प्रतियोगिता सञ्चालनमा सहयोग गर्ने सबैलाई धन्यवादसमेत व्यक्त गर्नुभयो। 


कार्यक्रममा क्लबका सल्लाहकार छत्रबहादुर दर्लामी, क्लबका प्रतिनिधि, खेलाडी तथा अन्य अतिथिहरूको उपस्थिति रहेको थियो।आयोजकले प्रतियोगितालाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न आवश्यक तयारी अघि बढाइएको समेत जनाएको छ।

कमेन्ट गर्नुहोस्