
तिलोत्तमा। २४औँ लिस्नु कप फुटबल प्रतियोगिताको तेस्रो क्वार्टरफाइनलमा फर्साटिकर एफ सी लाई २ का विरुद्ध ४ गोल गर्दै मोन्स्टर गाइज नवलपरासी सेमिफाइनलमा प्रवेश गरेको छ।
मंगलबार तिलोत्तमा–१५ स्थित पशुपति माध्यमिक विद्यालयको खेलमैदानमा भएको अत्यन्त प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयमा ४ गोल गरेपछि मोन्स्टर गाइज नवलपरासी सेमीफाईनलमा पुगेको हो।मोन्स्टर गाइज नवलपरासीका तर्फबाट उत्कृष्ट प्रदर्शन गर्दै राम्रो गोल गरेका स्ट्राईकर जर्सी नं ९ का निराजन खत्री ‘म्यान अफ द म्याच’ घोषित भएका छन्।प्रतियोगिताअन्तर्गत बुधबार देबदह ब्वाईज देबदह र होराईजन एफसी वालिंग स्यांग्जाबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।
प्रतियोगिताको विजेताले नगद ३ लाख ५१ हजार १ सय ११ रुपैयाँ तथा उपविजेताले २ लाख १ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिता असोज ११ गतेसम्म सञ्चालन हुनेछ।त्यस्तै, प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता लगायत विभिन्न विधामा खेलाडीलाई व्यक्तिगत पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ।
कमेन्ट गर्नुहोस्