लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आधादर्जन गोलसहित पाल्पालाई पछि लगाउदै आयोजक लिस्नु बिजयी

IMG

कोटिहवा । सहज र फराकिलो जितका साथ आयोजक लिस्नु युवा क्लब, कोटिहवा रुपन्देहीमा जारी प्रतिष्ठित २४औं लिस्नु कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।बिहीबार सम्पन्न प्रिक्वाटरफाइनलतर्फ लिस्नुले पाल्पा–११, पाल्पालाई ६–२ को अन्तरले हराउँदै अन्तिम आठमा स्थान बनाउन सफल भएको हो।


पहिलो हाफ सम्म २-२ को बराबरीमा भएको खेलमा एकाएक लिस्नुको तर्फबाट दोस्रो हाफमा गोलको बर्षा भयो। लिस्नुको जितमा निशान्त क्षेत्रीले ह्याट्रिक गरे । त्यस्तै रोशन पहारी, कप्तान एमोस पुन र गणेश हमालको नाममा एक–एक गोल रह्यो । उता पराजित पाल्पाका लागि सन्तोष कार्की र प्रकाश मल्ल ठकुरीले गोल गरे तापनि टोलीको पराजय टार्न सकेनन् ।खेलमा ह्याट्रिक गरेका निशान्त क्षेत्री म्यान अफ द म्याच बने ।


प्रतियोगिता अन्तर्गत असोज २ गते शुक्रबारको खेल समपूर्ण युवा क्लब, सुपौली र मोन्स्टर गाईज, सुनवल, नवलपरासीबीच हुने खेल संयोजक रोमन गुरुङले जानकारी दिए । लिस्नु युवा क्लब, तिलोत्तमा–१५, कोटिहवाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,५१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २,०१,१११ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल यही असोज ११ गतेका दिन हुनेछ ।


कमेन्ट गर्नुहोस्