लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रास्वपा महाधिवेशन: केन्द्रीय सदस्यका लागि मतदान सकियो, अब पदाधिकारी चयन प्रक्रिया सुरु

IMG

चितवन, असार ११ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा जारी प्रथम ऐतिहासिक महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि भइरहेको निर्वाचन सम्पन्न भएको छ ।


पार्टी सभापति रवि लामिछानेले मतदान गरेसँगै निर्वाचन अन्तर्गत पहिलो चरणको मतदान सम्पन्न भएको हो । महाधिवेशन अन्तर्गत गएराति १२ बजेदेखि मतदान सुरु भएको थियो।


केन्द्रीय सदस्य पदको निर्वाचनमा ३७९ जनाले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ । निर्वाचन समितिले दिएको जानकारी अनुसार केन्द्रीय सदस्यको मतदान सम्पन्न भएसँगै अब पदाधिकारी चयनको निर्वाचन प्रक्रिया सुरु हुने छ ।

कमेन्ट गर्नुहोस्