लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सार्वजनिक स्थलमा मासुजन्य पदार्थको काटमार बन्द, मंगलापुरलाई धार्मिकस्थल बनाईने

IMG

शारदा शाही, मङ्गलापुर। तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाणले सार्वजनिक स्थलमा मासुजन्य पदार्थको काटमार रोक्दै तिलोत्तमा–९ मंगलापुरलाई धार्मिक स्थलका रूपमा विकास गरिने बताउनुभएको छ।नेपाल मगर सङ्घ इकाई समिति तिलोत्तमा–९ द्वारा २५७० औँ बुद्ध जयन्तीको अवसरमा मंगलापुर चोकमा आयोजित बुद्धमूर्ति उद्घाटन तथा अनावरण कार्यक्रममा बोल्दै नगरप्रमुख खाणले यस्तो धारणा व्यक्त गर्नुभएको हो। जापानबाट आयात गरिएको बुद्धमूर्ति कार्यक्रमका बीच अनावरण गरिएको थियो।


नगरप्रमुख खाणले तिलोत्तमा–५ मणिग्रामलाई राजनीतिक केन्द्र तथा कोटीहवालाई औद्योगिक क्षेत्रका रूपमा विकास गरिएको उल्लेख गर्दै अब मंगलापुर चोकलाई धार्मिक तथा आध्यात्मिक केन्द्रका रूपमा प्रवर्द्धन गरिने बताउनुभयो। उहाँले बुद्ध मन्दिर निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन नगरपालिका तयार रहेको र त्यसका लागि सक्दो सहयोग गरिने प्रतिबद्धता समेत जनाउनुभयो।


कार्यक्रममा वक्ताहरूले भगवान बुद्धको शिक्षाले विश्वलाई शान्ति र मानवताको मार्ग देखाएको उल्लेख गरेका थिए। उनीहरूले पहिले एसिया निकै ठूलो भूभाग मानिने भएकाले भगवान बुद्धलाई “लाइट अफ एसिया” नाम दिइएको स्मरण गर्दै अहिले प्रविधिको विकाससँगै बुद्धको नामले संसारभर नेपाल चिनिने अवस्था बनेको बताए।वक्ताहरूले भगवान बुद्धका पञ्चशील उपदेशमध्ये एउटा मात्रै व्यवहारमा उतार्न सके पनि मानिसको जीवन सकारात्मक दिशामा परिवर्तन हुने धारणा राखेका थिए। वैशाख पूर्णिमाकै दिन भगवान बुद्धको जन्म, बुद्धत्व प्राप्ति तथा महापरिनिर्वाण भएको धार्मिक विश्वाससमेत कार्यक्रममा स्मरण गरिएको थियो।


कमेन्ट गर्नुहोस्