
तिलोत्तमा। पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले सुकुम्बासी हटाउने बालेंनको कदमलाई १० पटक सोच्न र परे बल्ल १ पटक घोच्न आग्रह गरेका छन्। उनको यो भनाइले निर्णय लिनुअघि गहिरो सोच-विचार गर्नुपर्ने र भावनात्मक वा हतारको निर्णयभन्दा विवेकपूर्ण कदम चाल्नुपर्ने सन्देश दिएको रूपमा हेरिएको छ। विशेषगरी सार्वजनिक पदमा रहेका व्यक्तिहरूले कुनै पनि कदम चाल्दा त्यसको दीर्घकालीन प्रभावलाई ध्यानमा राख्नुपर्ने उनको आशय रहेको बुझिन्छ।
'सुकुम्बासी' अर्थात् आवासविहीन शहरी गरीबहरूको समस्यालाई अमानवीय र असंवेदनशील ढंगले कसैले पनि नहेरौं,नबोलौं! झन् एकैचोटि 'डोजर चलाउने' कुरा र फलानाले नसकेको ढिस्कानाले सक्ने भनेर उराल्ने कुरा नगरौं!म आफैं आर्किटेक्चर र शहरी तथा क्षेत्रीय विकास योजनाको विद्यार्थी हुनुको नाताले आफ्नो छोटो प्रमकालमा देशभर व्यवस्थित शहरीकरण र वस्तिविकासको निम्ति केही महत्वपूर्ण पहल गरेको सर्वविदितै छ। तीमध्ये दीर्घकालीन ढंगले समस्या समाधाननिम्ति शहरी विकास मन्त्रालय, काठमाण्डौ उपत्यका विकास प्रधिकरण लगायतका संरचनाहरूको निर्माण र तत्कालीन रूपमा काठमाण्डौका वास्तविक सुकुम्वासीहरूको पहिचान गरेर तिनको पुनर्स्थापनानिम्ति बालाजु इचंगुनारायणमा सामुहिक आवास निर्माणका विषय विशेष उल्लेखनीय छन्।नयाँ सरकारले ती अनुभवमा समेत टेकेर विधिसम्मत र न्यायपूर्ण ढगले वास्तविक सुकुम्वासीहरूको पहिचान गरी सम्मानजनक रूपमा उनीहरूको पुनर्स्थापना गरोस्। हतारिएर गल्ती गर्नु सट्टा 'दशचोटि नाप्नू, एकचोटि काट्नू' भन्ने लोकोक्ति अनुशरण गरोस्!
राजनीतिक विश्लेषकहरूका अनुसार भट्टराईको यो टिप्पणी पछिल्लो समय देखिएको नीतिगत तथा प्रशासनिक निर्णयहरूप्रति संकेत गर्दै आएको हुन सक्छ। यसले जिम्मेवार नेतृत्वमा संयमता, धैर्यता र परिपक्व निर्णय क्षमताको आवश्यकता औंल्याएको छ।हाल यो अभिव्यक्ति सामाजिक सञ्जाल तथा सार्वजनिक बहसमा व्यापक रूपमा चर्चामा रहेको छ।
कमेन्ट गर्नुहोस्