लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा पाँचौं एमजीके अन्तर्राष्ट्रिय कराते च्याम्पियनशिप २०२६ हुँदै

IMG

 तिलोत्तमाजापान गोजुरीयो कराते डो मिसन संघ नेपालको आयोजनामा रुपन्देहीको तिलोत्तमामा पाँचौं एमजीके अन्तर्राष्ट्रिय कराते च्याम्पियनशिप २०२६ हुने भएको छ। खेलमार्फत खेल पर्यटनको बिकाश हुन सकेमा बिदेशी मुद्रा आर्जन र खेलमार्फत रोजगार समेत निर्माण गर्न सकीन्छ भन्ने उदेश्यले जापान गोजुरीयो कराते डो मिसन संघ नेपाल रुपन्देहीले तिलोत्तमाको मंगलापुर स्थित बन्धु होटलमा सो प्रतियोगिता गर्ने भएको हो।


सो अन्तराष्ट्रीय प्रतीयोगीतामा हुने खेलहरु सब जुनीयर दश बर्ष भित्रका खेलाडी केडस अर्थात ११ देखी १४ बर्ष सम्म तथा १५ देखी १७ बर्ष सम्मका जुनीयर तथा १८ बर्ष माथीका सिनीयर गल्स तथा ब्वायज दुवै समुहमा काताको समेत प्रतीयोगीता हुने कार्यक्रमका आयोजक केबी रानाले जानकारी दिनुभएको छ। प्रतीयोगीतामा नेपाल, भुटान, भारत र बंगलादेश का खेलाडीहरुको सहभागीता रहने आयोजकले जनाएको छ।यहि वैशाख ११ र १२ गते जापान गोजुरियो कराते डो मिसन नेपालको आयोजनामा एमजिके अन्तर्राष्ट्रिय कराते प्रतियोगिता अन्तर्गत नेपाल, भारत, भुटान र बङ्गलादेश गरी ४ देशका खेलाडी बीच प्रतियोगिता हुन लागेको हो ।


प्रतीयोगीतामा हुने खेलहरु सब जुनीयर १० वर्ष भित्रका खेलाडी, ११ देखी १४ बर्ष सम्म, १५ देखी १७ बर्ष सम्मका जुनीयर तथा १८ बर्ष माथीका सिनियर गल्स तथा ब्वायज दुबै समुहमा काताको समेत प्रतीयोगीता हुने मिसन गोजुरीयो करातेका सचिव गिरीप्रसाद पुनले जानकारी दिए ।सो प्रतियोगितामा बिभिन्न उमेर तथा तौल समुहमा २०० खेलाडीको सहभागीता रहने सल्लाहकार भरत केसीले जानकारी दिए ।


बिजेता खेलाडीलाई नगद सहित कप, मेडल तथा प्रमाणपत्र प्रदान गरीने जनाइएको छ । बिदेशी खेलाडीहरुलाई बैशाख १० गते रुपन्देहीमा स्वागत गरीने छ । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जापान गोजुरीयो कराते डो मिसनका अध्यक्ष उमेश थापाले बताए । मार्सल आर्ट अन्तर्गतको कराते खेल सधैँ व्यवहारमा प्रयोग भइरहने हुँदा यसको महत्तव धेरै रहेकोले कराते खेलतर्फको आकर्षण बढ्दै गएको उनले बताए।नेपालबाट बिभिन्न अन्तराष्ट्रिय प्रतियोगीतामा सहभागि भई उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको मिसन गोजुरीयो करातेका संस्थापक तथा प्रमुख प्रशिक्षक काजी रानाले बताए । प्रतियोगिताले यस क्षेत्रको सामाजिक, आर्थिक र सांस्कृतिक मात्रै नभएर पर्यटन क्षेत्रमा पनि टेवा पु¥याउने विश्वास आयोजक संस्थाको रहेको छ ।

कमेन्ट गर्नुहोस्