लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

श्रम संस्कृति पार्टीले टुङ्गो लगायो समानुपातिक सांसदको नाम

IMG

काठमाडौँ, चैत १ गते । श्रम संस्कृति पार्टीले समानुपातिक प्रणालीअन्तर्गत सिफारिस गरिएका उम्मेदवारको नाम आधिकारिक रूपमा सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आइतबार नामावली सार्वजनिक गरेको हो ।


पार्टीका प्रवक्ता सत्य घले गुरुङका अनुसार योग्यता र क्षमताका आधारमा उम्मेदवारको छनोट गरी नामावली सम्बन्धित निकायमा पठाइसकिएको छ । सिफारिस गरिएका चार जना उम्मेदवारमा एक पुरुष र तीन महिला छन् । पार्टीले सार्वजनिक गरेको नामावलीअनुसार आदिवासी जनजातिबाट पूर्णप्रसाद लिम्बू, खसआर्यबाट अम्बिकादेवी सङ्ग्रौला, दलितबाट राधिका रम्तेल र मधेसी क्लस्टरबाट रुबीकुमारी ठाकुर रहनुभएको छ । सिफारिस गरिएकामध्ये लिम्बू पुरुष हुनुहुन्छ भने सङ्ग्रौला, रम्तेल र ठाकुर महिला हुनुहुन्छ ।

कमेन्ट गर्नुहोस्