
तिलोत्तमा। चुनावी नतिजा सार्वजनिक भएसँगै नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका नेताहरूबीच छलफल भएको छ । रुपन्देही-२ बाट उम्मेदवार रहेका नेताद्वय एमाले उपाध्यक्ष विष्णु पौडेल र नेकपाका केन्द्रीय सदस्य विश्वदीप पाण्डेबीच बिहीबार चुनावको नतिजा र कम्युनिस्ट पार्टीहरू कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको हो ।
भेटका क्रममा कम्युनिस्ट, वामपन्थी, प्रगतिशील र अग्रगामी शक्तिहरूका बीचमा सहकार्य र ध्रुवीकरण गरेर जाने विषयमा गम्भीर छलफल भएको पाण्डेको भनाइ छ ।फागुन २१ गते सम्पन्न निर्वाचनमा रास्वपाले देशैभर करिब दुईतिहाई मत ल्याएपछि पुराना राजनीतिक दलहरू आन्तरिक समीक्षा गरिरहेका छन् । यहीबेला एमालेका उपाध्यक्ष र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डका विश्वासपात्र मानिने पाण्डेबीच भेट भएको हो । कम्युनिस्ट शक्तिहरूको जनमत घटिरहेका बेलामा उनीहरूबीच भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
कमेन्ट गर्नुहोस्