लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रविको मुद्दा फिर्ताको विषय राष्ट्रियसभामा उठ्यो, देश ब्ल्याक लिस्टमा पर्ने चिन्ता

IMG

तिलोत्तमा। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध राष्ट्रियसभामा कुरा उठेको छ। मङ्गलवारको राष्ट्रिय सभा बैठकमा नेकपा एमालेका सांसद गोपाल भट्टराईले सो कुरा उठाएका हुन्।


महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्धका सम्पत्ति शुद्धीकरण र संगठित अपराध सम्बन्धी कसुरमा चलाइएका मुद्दा फिर्ता लिने निर्णय गरेको थियो। त्यो सम्बन्धी विवाद अहिले सर्वोच्च अदालत पनि पुगिसकेको छ।यता राष्ट्रिय सभाका सांसद भट्टराईले लामिछानेविरुद्धको मुद्दा फिर्ता लिँदा मुलुकलाई अन्तर्राष्ट्रिय स्तरको संकट पर्न सक्ने खतरा औँल्याएका छन्।‘अहिले देश ग्रे लिस्टमा छ। संगठित अपराध, सम्पत्ति शुद्धीकरण जस्ता मुद्दालाई कमजोर बनाउन राज्य संयन्त्र नै लागेर अपराधहरूलाई प्रोत्साहन गर्ने हो भने अब ब्ल्याक लिस्टमा जान कसैले रोक्न सक्छ?,’ राष्ट्रिय सभा बैठकमा उनले भने, ‘अब त देश ब्ल्याक लिस्टतिर जाने खतरा बढ्यो।’


नेपालले सम्पत्ति शुद्धीकरण नियन्त्रणसम्बन्धी कानुन निर्माण र कार्यान्वयनबारे प्रतिबद्धता जनाउँदै विभिन्न अन्तर्राष्ट्रिय सम्झौतामा हस्ताक्षर गरेको उल्लेख गर्दै उनले यसरी सोही मुद्दासँग सम्बन्धित घटनामा न्यायिक निरूपण नहुँदै मुद्दा फिर्ता लिँदा देश खाल्टोतिर जाने खतरा बढेको उनले बताए। उनले भने, ‘यस्तो काम गर्दा विदेशी शक्तिहरूले चलखेल गर्ने सम्भावना बढ्दै गएको छ।’


कमेन्ट गर्नुहोस्