लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

राष्ट्रिय सभामा लुम्बिनीबाट चन्द्रबहादुर, रामकुमारी र वासुदेव विजयी

IMG

बुटवल । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचन नेपाली कांग्रेस र एमाले गठबन्धनका साझा उम्मेदवार विजयी भएका भएका छन् ।तीन पदका लागि आइतबार भएको निर्वाचनमा खुलातर्फ चन्द्रबहादुर केसी, महिलातर्फ रामकुमारी झाँक्री र अपाङ्गगातर्फ वासुदेव घिमिरे (जंगली) विजयी भएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए ।केसी र घिमिरे कांग्रेस तथा झाँक्री एमाले उम्मेदवार हुन् । ३०० मतदाता रहेकोमा २८६ मत खसेको थियो । लुम्बिनीबाट एमालेका गोपाल भट्टराई र राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे तथा माओवादीका जगप्रसाद शर्मा ‘अपार’ को पदावधि आउँदो फागुन २० मा सकिँदैछ ।

कमेन्ट गर्नुहोस्