लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रतिनिधि सभासदस्य पदका उम्मेदवार रुपन्देही क्षेत्र नं ३ का फैंज अहमद भेटघाटमा व्यस्त

IMG

भैरहवा । नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट  फागुन २१ गते हुने चुनावको मैदानमा आएका प्रतिनिधि सभासदस्य पदका उम्मेदवार रुपन्देही क्षेत्र नं ३ का फैंज अहमद खाँ ले आफ्नो भेटघाटलाई तिब्र बनाउनु भएको छ । प्रतिनिधि सभाको चुनाव मिति निजिकिदैं गर्दा फैंज अहमद खाँले प्रभावशालि व्यक्ति र आम जनताहरुलाई घरमै गैर समस्या बुझ्ने टिपोट गर्ने तथा छलफल गर्दै भेटघाट तिब्र बनाउनु भएको हो ।


फैंज अहमद खाँको सचिबालयका अनुसार उहाँले आँफुलाई सघाउनका लागि सबै पार्टी पंक्ति शुभचिन्तक र परिबर्तन चाहने सबैलाई मतदान र सफल नेतृत्त्वका लागि आग्रह गर्दै बिशेष भेलाका प्रतिनिधिहरुसंगको भेटघाटलाई तिब्र बनाउनु भएको हो । स्पष्ट वक्ता र सफल व्यवसायीको साथमा समाजसेवीको रुपमा परिचय वनाउनुभएका फैंजले आफ्नो उम्मेदवारी देशको सुशासन पारदर्शिता र भष्ट्राचारमुक्त नेपालको निर्माण गर्न सबै एकजुट हूनुपर्ने बताउदै पटक पटक चुनेर पठाएकाले केहि गर्न नसकेकोले आफु यो चुनावी मैदानमा आएको बताउनुभएको हो।रुपन्देही जिल्लाको क्षेत्र नम्बर ३ ले अहिले सम्म काँचुली फेर्न नसकेको अवस्थामा आफ्नो उम्मेदवारीले यस क्षेत्रको साख जोगाउने उहाँको भनाई छ।

कमेन्ट गर्नुहोस्