
तिलोत्तमा। नेकपा एमालेका केन्द्रिय सदस्य दधिराम न्यौपानेले रुपन्देही क्षेत्र नम्बर १ को बिकासको अभिभारा आफ्नै काँधमा रहेको उल्लेख गरेका छन्। आज उम्मेदवार मनोनयन पछि भएको बिचार मदानीमा उनले सो कुरा बताएका हुन्। उनले रुपन्देही क्षेत्र नम्बर १ लाई ब्यबसायिक औधोगिक, पर्यटकिय , भौतिक तथा सामाजिक बिकास संग जोड्दै विकासमा नमूना बनाउने योजना रहेको बताएका छन् ।
रुपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका नेता न्यौपानेले शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिका क्षेत्रमा एमालेले अघि सारेका योजनाहरु पूरा हुँदा जिल्लाकै नमुना हुने बताए ।मंगलबार देवदहका विभिन्न चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै नेता न्यौपानेले देवदहमा रहेको लुम्बिनी बौद्ध विश्वविद्यालयको गुरु योजनालाई पूर्णता दिन र तिलोत्तमामा बन्ने सरकारी मेडिकल कलेज, औधोगिक क्षेत्र, तथा पर्यटकीय क्षेत्र पनि यही क्षेत्रमा पर्ने भएकाले त्यसको छिटो निर्माण पनि आफ्नो प्राथमिकतामा रहेको उनले बताए । अव्यवस्थित र सुकुम्बासीलाई जग्गाको मालिक बनाउने, सडकलाई पूर्णता, क्षेत्र नम्बर १ का सबै पालिकामा रिङरोड निर्माण, रोहिणी नदी संरक्षणसँगै जलासययुक्त बाँधबाट पर्यटन विकासलाई एमालेले प्राथमिकतामा राखेको उनले बताए । बुद्ध मावली क्षेत्रलाई लुम्बिनीसंग जोडेर अन्तर्राष्ट्रिय पर्यटकीयस्थल बनाउने, रोजगारी सिर्जना, शैक्षिक संस्थाको गुणस्तर वृद्धि गर्ने एमालेको योजना रहेको उनले बताए ।
कार्यक्रममा एमाले नेता पुर्व साम्सद छबिलाल बिश्वकर्मा, डा. कृष्ण न्यौपाने, देवदह नगरपालिकाका मेयर ध्रुव खरेल, तिलोत्तमा उपप्रमुख जागेश्वरी देवी चौधरी, उपमेयर बिद्यालक्ष्मी गुरुङ, एमाले नेता टिका गौतम, ओमसतिया गाउँपालिकाका निवर्तमान अध्यक्ष हिरा केवट (राहुल), एमालेका सुरेन्द्र श्री लगायतले एमालेको जीत सुनिश्चित भएको बताए । सो क्रममा उम्मेदवार न्यौपानेले आफू यसअघि प्रदेश सांसद हुँदा अघि सारेका तर पूरा नभएका विकासे आयोजनाहरु पूरा गर्न र थप नयां योजना ल्याउन उम्मेदवार बनेको बताए । घरदैलोका क्रममा जनताले दिएको माया र रायसुझावले उत्साहित बनाएको न्यौपानेले बताए ।
कमेन्ट गर्नुहोस्