लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाका इन्जिनियर आशिष, बिष्णु पौडेल र चुन्नु पौडेलसंग चुनावमा भिड्दै

IMG

तिलोत्तमा। राष्ट्रिय स्वतन्त्र पार्टीबाट रुपन्देहीको क्षेत्र नम्बर १ र २ का उम्मेदवारको टिकट वरिष्ठ नेता बालेन साहको कोटामा परेको छ । चर्चामा रहेको रुपन्देही २ बाट तिलोत्तमा  -८ निवासी ई. आशिष सुवेदीले टिकट पाएका हुन् ।नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल र नेपालि कांग्रेसका चुन्नु प्रसाद पौडेलसँग भिड्न लागेका इन्जिनियर सुवेदी लुम्बिनी ईन्जिनियरिङ कलेज (लेक) मा अध्ययनरत टप क्लास बिद्यार्थी र तत्कालिन समयका स्ववियू सभापति समेत भएका थिए ।


रूपन्देहीको तिलोत्तमा निवासी उनी रास्वपामा शुरुदेखि नै आस्था राख्दै आएका भएपनि अहिले उनको नाम सिफारिस भएको हो। केहि समयका लागि हंगकंगमा रहेका सुबेदी अब युवा जगत देश बनाउने अभियानमा विदेश बाट फर्किनु पर्ने सुझाव सहित आएका हुन्। इन्जिनियर आशिस भन्छन : यो एउटा परम्परागत चुनाव मात्र होइन देशको मुहार फेर्ने युवाहरुको अवसर पनि हो।


रुपन्देही ३ का सभापति मधु अर्यालले सुवेदी रुपन्देही क्षेत्र नम्बर २ मा दावेदार उम्मेदवार भएको बताए।त्यसो त नेपाली कांग्रेसले ब्यापारी तथा  राजनीतिज्ञ चुनु प्रसाद पौडेललाई चुनेको छ। रुपन्देही क्षेत्र नम्बर २ मा  नेकपा एमालेबाट विष्णु पौडेल, नेकपाबाट सुवास पाण्डे (विश्वदीप), रास्वपाबाट इन्जिनियर आशिष सुवेदी, तथा प्रलोपाबाट नारायण नगिलाले टिकट पाएका छन् भने गणेश पौडेल र निकोलस भुसालपनि स्वतन्त्र रुपमा आउने चर्चा छ। 

कमेन्ट गर्नुहोस्