
काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेस विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका संशोधन गरिएको छ । बुधबार राति संशोधित कार्यतालिका प्रकाशित गरिएको हो ।निर्वाचन समितिका अनुसार संशोधित कार्यतालिका अनुसार राति १० बजेसम्म उम्मेदवारको प्रथम नामावली प्रकाशित हुने जनाइएको छ ।
त्यस्तै, १०: १५ देखि १०ः ३० सम्म उम्मेदवारीमाथि दावी विरोध, १०ः ३० देखि १०ः ४५ सम्म उम्मेदवारीमाथिको दाबी विरोधको छानबिन, ११ बजे उम्मेदवारीमाथिको दाबी विरोधको छानबिन पश्ताच पुनः नामावली प्रकाशन रहेको छ । मतदान भने माघ १ गते बिहान २ बजेदेखि ५ बजेसम्म हुने जनाइएको छ ।यस्तो छ संशोशित कार्यतालिका :


कमेन्ट गर्नुहोस्