लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

काँग्रेसको विशेष महाधिवेशन: उद्घाटन समारोहमा ६ स्थानबाट र्याली

IMG

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवशेन पक्षधरले उद्घाटन समारोहमा बिभिन्न ६ स्थानबाट र्यालीसहित नेता तथा कार्यकर्ता महाधिवेशनस्थल भृकुटिमण्डपमा पुग्ने जनाएको छ ।शुक्रबार काठमाडौंमा विशेष महाधिवेशनको जनपरिचालन एवं जुलुस व्यवस्थापन समितिले पत्रकार सम्मेलन गर्दै बिभिन्न ६ स्थानमा भेला भएर नेता तथा कार्यकता र्यालीसहित महाधिवेशनस्थल भृकुटिमण्डपमा पुग्ने जानकारी दिएको हो । 


सुन्धरा, रत्नपार्क, बागबजार, पद्मोदय मोड, कमलपोखरी र कुपण्डोलबाट र्याली आयोजना गरिने जनपरिचालन एवं जुलुस व्यवस्थापन समितिका संयोजक जगदिश्वर नरसिंह केसीले जानकारी दिए ।विशेष महाधिवेशनका लागि जनपरिचालनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिदै नेता केसीले उद्घाटन सत्रमा पार्टीका सभापति लगाएतका नेताहरु उपस्थित हुने विश्वास व्यक्त गरे ।केसीले विशेष महाधिवेशनका लागि गठन गरिएको अन्य समितिहरुले पनि आफ्नो तयारी अन्तिम चरणमा पुराएको बताए । कांग्रेसका विशेष महाधिवेशन पक्षधरले पुष २७ र २८ गते भृकुटिमण्डपमा विशेष महाधिवशेनको घोषणा गरेपछि विभिन्न जिल्लाबाट प्रतिनिधिहरु काठमाडौँ आउने क्रमपनि शुरु भएको छ । 


अहिलेसम्म दुई दर्जन भन्दा बढी जिल्ला कार्य समितिले विज्ञप्ति नै निकालेर विशेष महाधिवेशनप्रति ऐक्यवद्धता जाहेर गरिसकेका छन् भने यो क्रमजारी रहेको छ । प्रतिनिधिहरुका लागि काठमाडौँको सुन्धारा, ठमेललगायतका होटलहरु बुक गरिएको छ भने महाधिवेशन स्थल भृकुटीमण्डपमा तयारीको काम तिब्र गतिमा जारी रहेको छ । विशेष महाधिवेशन पक्षधरले यसअघि हस्ताक्षर गरेको भन्दा करिब ५ सय बढी महाधिवेशन प्रतिनिधिहरुले सहभागिता जनाउने दाबि गरेका छन् ।

कमेन्ट गर्नुहोस्