लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मधेशमा साढे नौ हजार हेक्टरभन्दा धेरै वन क्षेत्र अतिक्रमण

IMG

पर्सा – मधेश प्रदेशका आठ वटा जिल्लामा नौ हजार ६ सय ९२ हेक्टर वन अतिक्रमणमा परेको पाइएको छ । मधेश प्रदेश वन तथा वातावरण मन्त्रालयको तथ्याङ्क अनुसार सन् २००२ अघिसम्म पाँच हजार पाँच सय ३६ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेकोमा त्यसपछिका वर्षहरूमा अतिक्रमण झन्डै दोब्बरले बढेको हो ।मधेश प्रदेशका आठ जिल्लामध्ये सबैभन्दा धेरै सर्लाहीमा तीन हजार २३ दशमलव १४ हेक्टर क्षेत्रफल अतिक्रमण भएको छ । सबैभन्दा कम सप्तरीमा १२ दशमलव ६४ हेक्टर वन अतिक्रमणमा परेको छ ।


केही भाग सार्वजनिक विद्यालय, मठमन्दिर, प्रहरी/सेनाका ब्यारेक, सडक लगायत भौतिक पूर्वाधार निर्माणका कारण अतिक्रमणमा परेको छ भने धेरैमा व्यक्तिले घरटहरा लगायतका संरचना बनाउने, खेती गर्ने लगायत गर्दै आएका छन् ।मधेश प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव जीवनाथ पौडेलका अनुसार प्रदेशको अस्थिर राजनीतिक नेतृत्वको कारणले समस्या भएको हो । यस्तै सङ्घीयतापछि वन ऐन २०७६ र प्रदेश वन ऐन २०७७ मा अधिकार क्षेत्र बाझिँदा पनि कार्यसम्पादन गर्न र समस्या भइरहेको प्रदेश सरकारको गुनासो छ ।

कमेन्ट गर्नुहोस्