लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

चौथो लुम्बिनी सितारियो कराते प्रतियोगिताको उपाधीं दीप बोर्डिङलाई

IMG

कालिकानगर। बुटवलमा सम्पन्न चौथो लुम्बिनी कप अन्तरविद्यालय जिल्लास्तरिय सितारियो कराते प्रतियोगिताको उपाधि दीप बोर्डिङ स्कुलले जितेको छ । प्रतियोगितामा ९ स्वर्ण, ५ रजत र ४ कास्य पदक जित्दै दीप बोर्डिङ प्रथम भएको हो ।बुटवल उपमहानगरपालिकाको सहयोगमा नेपाल सितारियो कराते संघ रुपन्देहीको आयोजनामा शनिबार भएको अन्तिम दिनको खेलमा न्यु होराईजन बोर्डिङ स्कुल ४ स्वर्ण, ६ रजत र ५ कास्य जित्दै दोस्रो स्थान हासिल गरेको छ । प्रतियोगितामा सेभेन स्टार बोर्डिङ स्कुल २ स्वर्ण, ३ रजत र ३ कास्य पदक जित्दै तेस्रो स्थान हासिल गरेको छ ।


विजेताहरुलाई एक कार्यक्रम बिच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय पुरस्कार वितरण गर्नुभयो । मंसिर १८ गतेसम्म शुरु भएको प्रतियोगितामा काता र कुमुते विधामा १४–१५ वर्ष उमेर समुहको क्याडेडमा ६ वटा तौल समुह, १२–१४ वर्ष उमेर समुहको मिनि क्याडेडमा समेत ६ वटा तौल समुह गरि (छात्रछात्रा) मा खेल भएका थिए ।प्रतियोगितामा ३० विद्यालयका दुई सय ५० बढी खेलाडीहरु प्रतिस्प्रर्धा गरेको जिल्ला प्रशिक्षक उमेश थापाले बताए ।

कमेन्ट गर्नुहोस्