लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कांग्रेसका सबै समूह एक हुनुपर्छः नेता बालकृष्ण खाण

IMG

तिलोत्तमा। नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले पार्टीभित्रका सबै समूह एकतावद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनु भएको छ।खाणको सचिवालयले दिएको जानकारी अनुसार नेता खाणले कुनै छुट्टै समूहगत भेला आयोजना नगरेको स्पष्ट पार्दै बोलाइएमा सहभागी हुने कुरा फरक हुने रहेको सचिवालयले स्पष्ट पारेको छ ।


सचिवालयको अनुसार उहाँले पार्टीलाई मजबुत बनाउन आन्तरिक एकता अपरिहार्य रहेको उल्लेख गर्दै निर्धारित समयमै महाधिवेशन हुनुपर्ने पक्षमा रहेको समेत जानकारी छ।यसअघि नियमित महाधिवेशन पक्षधरले बोलाएको भेला नेता खाणको अगुवाइमा हुने भन्ने समाचारहरू सार्वजनिक भएपछि विभिन्न अड्कलबाजी बढेका थिए। उक्त भेला दिउँसो २ बजे मध्य बानेश्वरस्थित सनराइज क्याफे एण्ड ब्यांक्वेटमा बस्नेगरी तयारी भएको बताईए पनि खाणकै अगुवाई भने नरहेको स्पष्ट छ।नेता खाणको ताजा अभिव्यक्तिले कांग्रेसभित्र चलिरहेको समूहगत गतिविधि र आगामी महाधिवेशन सम्बन्धी बहसमा थप स्पष्टता आएको देखिन्छ।

कमेन्ट गर्नुहोस्