
सुपौली। कप्तान सुरज चौधरीको उत्कृष्ट २ गोलको मद्दतमा सुनवललाई १ का विरुद्ध ३ गोलले हराउदै सिम्रिक युथ क्लव चौथो समपुर्ण कपको फाइनलमा प्रवेश गरेको छ । योसँगै प्रतियोगिताको अन्तिम तथा फाइनल खेलमा मंसीर ६ गते सिम्रिक युथ क्लव बुटवल र झरना स्पोर्ट्स क्लव भिड्ने पक्का भएको छ ।
यसअघि बिहिबार भएको दोस्रो सेमीफाइनलमा सुनवल एफसी विरुद्ध सिम्रिकका कप्तान सुरज चौधरीले खेलको ३४ औँ मिनेटमा पेनाल्टी मार्फत पहिलो गोल प्रहार गरे । डिबक्स भित्र सुनवलका किपरले फउल गरेपछि सिम्रिकलाईं पेनाल्टी प्राप्त भएको थियो । मधयान्तर अघि १ गोलको अग्रता बनाएको सिम्रिकका लागी दोस्रो हाफको ४९ औँ मिनेटमा कप्तान सुरजले दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए । मैदानको मध्य भागमा पाएको आर्कषक पासलाई छलाउदै लगेर सुरजले एक्लै गोलमा परिणत गरेका थिए । दुई गोलले पछि परेको सुनवलले खेलको ५३ औँ मिनेटमा भने खाता खोल्यो । उसका लागी जर्सी न ११ का टिकाराज गुरुगँले किपरलाई चक्मा दिदै पहिलो गोल गरे ।
खेलमा फर्किन सुनवलका खेलाडीहरुले दोस्रो हाफमा भरमग्दुर प्रयास गर्दै पुरै समय आक्रमक खेल खेलेपनि गोल भने हुन सकेन । अन्तिम समयमा सुनवलको फितलो रक्षापंग्त्तिको फाइदा उठाउदै जर्सी न ७ का मिलन आलेले सिम्रिकका लागी थप १ गोल गर्दै जित सुनिस्चित पारे । सुनवललाई हराउन महत्वपुर्ण २ गोल गरेका कप्तान सुरज चौधरी खेलमा म्यान अफ द म्याच भएको प्रचार प्रसार संयोजक तथा क्लबका सचिव रवि अर्यालले जानकारी दिए ।
स्व. बुवा लाल बहादुर पुन तथा स्व छोरा राजकुमार पुनको स्मृतिमा कार्तिक २५ गतेबाट शुरु भएको चौथो समपुर्ण कप नकआउट फुटवल प्रतियोगिता मंसीर ६ गतेसम्म चल्ने छ । समपुर्ण युवा क्लव तिलोत्तमा १४ को आयोजनामा सुपौली स्थित क्लवको आफ्नै खेल मैदानमा जारी प्रतियोगितामा कुल १२ टोली सहभागी छन भने प्रतियोगिताको विजेताले उपाधि सहित नगद रु ३ लाख ३ हजार ३ सय ३३ रुपैया तथा उपविजेताले नगद रु १ लाख ५१ हजार १ सय ५१ रुपैया सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लवका अध्यक्ष अविर पुन पाइजाले जानकारी दिए । यसैगरि विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट गोलकिपर, सर्वाधिक गाृेलकर्ता र उदयीमान खेलाडीले नगद रु ८ हजार ५०० सयका दरले पुरस्कार पाउनेछन् भने खेल अवधिभर हरेक दिनको म्यान अफ द म्याच खेलाडीलाई नगद रु ३ हजार सहित ट्रफी प्रदान गर्ने गरिएको क्लवका कोषाध्यक्ष विजय थापाले जनाए ।
खेल हेर्न पहिलो चरणमा रु ५० टिकट तय गरिएको खेलमा क्वाटरफाइनल, सेमीफाइनल र फाइनलका लागी रु १०० तय गरिएको क्लवका संस्थापक अध्यक्ष अशोक पुनले बताए । जेष्ठ नागरिक, बालबालिका, महिला र फरक क्षमता भएका दर्शकहरुलाई प्रवेश निशुल्क रहेको प्रतियोगितामा प्रत्येक खेलाडीका लागी रु १ लाख बराबरको इन्सुरेन्स गरिएको खेल संयोजक ढक बहादुर पुनले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्