लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मधेशका ५ सांसदलाई पदमुक्त नगर्ने अल्पकालीन अन्तरिम आदेश

IMG

काठमाण्डाै – सर्वोच्च अदालतले मधेश प्रदेशका पाँच जना सांसदलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले आज पाँच जना सांसदलाई पदमुक्त गर्ने निर्णय तत्काललाई कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले लगातार १० दिन बैठकमा उपस्थित नभएको भन्दै पाँच जना सांसदलाई पदमुक्त गर्नुभएको थियो । पदमुक्त भएका सांसदहरूले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च ले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

कमेन्ट गर्नुहोस्