लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

चाँदनीलाई हराउदै सुनवल सेमीफाइनलमा: समपुर्ण कपमा सोमबार पाल्पा र कपिलवस्तु खेल्दै

IMG

सुपौली । चौथो समपुर्ण कपमा चाँदनी एफसीलाई शुन्यका विरुद्ध २ गोलले हराउदै सुनवल एफसी चौथो समपुर्ण कप नकआउट फुटवलको सेमीफाइनलमा प्रवेश गरेको छ। समपुर्ण युवा क्लव तिलोत्तमा १४ द्धारा आयोजित प्रतियोगिताको दोस्रो क्वाटरफाइनलमा आइतबार चाँदनी फुटवल क्लव दानापुरलाई हराउने क्रममा सुनवल एफसीको तर्फबाट मध्यान्तर अघि खेलको १९ औँ मिनेटमा जर्सी न २३ का खेलाडी क्षितिज राज जिटीले पहिलो गोल गर्नुभयो ।


जिटीले डि एरिया बाहिरबाट गरेको प्रहारले सिधै जाली चुमेको थियो । लगत्तै चाँदनी एफसीले पनि गोलका लागी अनेकौँ प्रयास गरे पनि असफल सावित भए । मध्यान्तर पछि पनि दुवै टिमले गोलका लागी अनेकन प्रयास गरेपनि सफल भने भएनन । खेल सकिन ९ मिनेट बाँकी छदाँ सुनवल एफसीका लागी जर्सी न ४ का खेलाडी कर्माले थप एक गोल गर्दै जित सुनिश्चित गर्नुभएको थियो ।


उत्कृष्ट खेलसँगै टिमका लागी १ गोल गरेका क्षितिज राज जिटी खेलमा म्यान अफ दी म्याचको पुरस्कारबाट पुरस्कृत हुनुभयो । प्रतियोगितामा सोमबार दिउँसो ठिक ३ बजे तेस्रो क्वाटरफाइनल खेलमा न्यु युथ युनियन पाल्पा र कपिलवस्तु ११ भिड्ने प्रचार प्रसार संयोजक तथा क्लबका सचिव रवि अर्यालले जानकारी दिनुभयो । स्व. बुवा लाल बहादुर पुन तथा स्व छोरा राजकुमार पुनको स्मृतिमा कार्तिक २५ गतेबाट समपुर्ण युवा क्लव तिलोत्तमा १४ को आयोजनामा जारी चौथो समपुर्ण कप नकआउट फुटवल प्रतियोगिता मंसीर ६ गतेसम्म चल्ने अर्यालको भनाई छ । सुपौली स्थित समपुर्ण क्लवको आफ्नै खेलमैदानमा भैरहेको प्रतियोगितामा कुल १२ टोली आमनेसामने छन । प्रतियोगिताको विजेताले उपाधि सहित नगद रु ३ लाख ३ हजार ३ सय ३३ रुपैया हात पार्नेछ भने उपविजेताले १ लाख ५१ हजार १ सय ५१ रुपैया प्राप्त गर्ने क्लवका अध्यक्ष अविर पुन पाइजाले जानकारी दिनुभयो ।


यसैगरि विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट गोलकिपर, सर्वाधिक गाृेलकर्ता र उदयीमान खेलाडीले नगद रु ८ हजार ५०० सयका दरले पुरस्कार पाउनेछन् भने खेल अवधिभर हरेक दिनको म्यान अफ द म्याच खेलाडीलाई नगद रु ३ हजार सहित ट्रफी प्रदान गर्ने गरिएको क्लवका कोषाध्यक्ष विजय थापाले जानकारी दिनुभयो । खेल हेर्न पहिलो चरणमा रु ५० रुपैयाँ र क्वाटरफाइनल, सेमीफाइनल र फाइनलका लागी रु १०० टिकट तय गरिएको क्लवका संस्थापक अध्यक्ष अशोक पुनले बताउनुभयो। जेष्ठ नागरिक, बालबालिका, महिला र फरक क्षमता भएका दर्शकहरुलाई प्रवेश निशुल्क रहेको प्रतियोगितामा खेलाडीहरुलाई १ लाख बराबरको इन्सुरेन्स गरिएको खेल संयोजक ढक बहादुर पुनले जानकारी दिनुभयो ।


कमेन्ट गर्नुहोस्