
सुपौली। विक्की चाम्लिँग राईको हयाट्रिकमा अभिषेक चर्च रजहरलाई १ का विरुद्ध ३ गोलले हराउदै झरना स्पोट्र्स क्लव, समपुर्ण कप फुटवलको सेमीफाइनलमा प्रवेश गरेको छ । झरनाका लागी उत्कृष्ट खेल प्रर्दशन गर्दै जर्सी न १० का खेलाडी विक्की चाम्लिँग राईले हयाट्रिक गरे । उनले पहिलो हाफमा १ गोल गरे भने दोस्रो हाफमा २ गोल गरे । रजहरबाट खेलेका जर्सी नं ४१ क विदेशी खेलाडीले झरनाका खेलाडीलाई डि एरियामा लडाएपछि प्राप्त पेनाल्टीलाई विक्कीले गोलमा परिणत गरेका थिए । उता रजहरका खेलाडीहरुले खेल अवधिभर अनेकौँ अवसरहरु सिर्जना गरेपनि गोल भने गर्न सकेनन । दुई जना विदेशी खेलाडी सहित मैदानमा उत्रिएको रजहरका लागी दोस्रो हाफको अन्तिम समयमा जर्सी न ११ का विदेशी खेलाडी यानीले पेनाल्टी मार्फत टिमका लागी १ मात्र सान्त्वना गोल गरे ।
शनिबार सुपौली मैदानमा रोचक दृश्यहरु देखिए । रजहरबाट खेलेका जर्सी न ४१ का बिदेशी खेलाडीलाई रेफ्रीले दोस्रो हाफमा रातो कार्ड देखाएका थिए । शनिबारको खेलमा झरनाको तर्फबाट हयाट्रिक गरेका जर्सी न १० का खेलाडी विक्की चाम्लिँग राई म्यान अफ दी म्याच भएको प्रचार प्रसार संयोजक तथा क्लबका सचिव रवि अर्यालले जानकारी दिए । प्रतियोगितामा आइतबारको दोस्रो क्वाटरफाइनल खेल चाँदनी क्लव दानापुर तथा सुनवल एफसी सुनवलका बीच दिउँसो ठिक ३ बजे खेल हुने अर्यालले जनाए । स्व. बुवा लाल बहादुर पुन तथा स्व छोरा राजकुमार पुनको स्मृतिमा कार्तिक २५ गतेबाट समपुर्ण युवा क्लव तिलोत्तमा १४ को आयोजनामा जारी प्रतियोगिता मंसीर ६ गतेसम्म चल्नेछ । सुपौली स्थित समपुर्ण क्लवको आफ्नै खेलमैदानमा शुरु भएको प्रतियोगितामा कुल १२ टोली आमनेसामने छन ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद रु ३ लाख ३ हजार ३ सय ३३ रुपैया हात पार्नेछ भने उपविजेताले १ लाख ५१ हजार १ सय ५१ रुपैया प्राप्त गर्ने क्लवका अध्यक्ष अविर पुन पाइजाले जानकारी दिए । विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट गोलकिपर, सर्वाधिक गाृेलकर्ता र उदयीमान खेलाडीले नगद रु ८ हजार ५०० सय का दरले पुरस्कार पाउनेछन् भने खेल अवधिभर हरेक दिनको म्यान अफ द म्याचले नगद रु ३ हजार सहित ट्रफी पाउने क्लवका कोषाध्यक्ष विजय थापाले जानकारी दिए । खेल हेर्न यसपटक पहिलो चरणमा रु ५० रुपैयाँ टिकट तय गरिएको थियो भने क्वाटरफाइनल, सेमीफाइनल र फाइनलका लागी रु १०० टिकट तय गरिएको क्लवका संस्थापक अध्यक्ष अशोक पुनले बताए । यसैगरि जेष्ठ नागरिक, बालबालिका, महिला र फरक क्षमता भएका दर्शकहरुलाई प्रवेश निशुल्क गरिएको खेल संयोजक ढक बहादुर पुनले जनाए ।
कमेन्ट गर्नुहोस्