लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मनिशको ह्याट्रिकमा झरना बिजयी, चौथो समपूर्ण कपको उद्धघाटन,बुधबार सुनवल भर्सेस फर्साटिकर

IMG

सुपौली। नवयुवा खेलकुद तथा साँस्कृतिक क्लव ठुटीपीपललाई ० का विरुद्ध ४ गोलले पराजित गर्दै झरना स्पोर्ट्स क्लव कुन्जलापुर चौथो समपुर्ण कप खुला फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । समपुर्ण युवा क्लब, तिलोत्तमा–१४ सुपौलीको आयोजनामा मंगलबार भएको उद्धघाटन खेलमा मनिष थारुको ह्याट्रिक र रोहित सुनारको १ गोलको मद्दतमा झरनाले एनवाईसी ठुटिपीपललाई ० का विरुद्ध ४ गोलको फराकिलो अन्तरमा पराजित गरेको हो । शुरुबाटै खेलमा हावी देखिएको झरनाले खेलको तेस्रो, अठारौँ, मध्यान्तरको ठिक अघि र मध्यान्तर लगत्तै एकपछि अर्को गोल गरेको थियो ।


खेलमा ह्याट्रिक गरेका झरनाका मनिष थारुले म्यान अफ दी म्याच हुदै नगद रु ३ हजार सहित ट्रफी हात पारे । प्रतियोगितामा बुधबार दोस्रो दिनको खेल सुनवल फुटवल क्लव सुनवल तथा फर्साटिकर युवा क्लव, फर्साटिकर बीच हुने प्रचार प्रसार संयोजक तथा क्लबका सचिव रवि अर्यालले बताउनुभयो । यसअघि मंगलबार नै आयोजित उद्धघाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाँडले तिलोत्तमा कै गौरवको रुपमा रहेको चौथो समपुर्ण कप खुला फुटबल प्रतियोगिताको सफलताको कामना गर्नुभयो ।


वहाँले स्थानीय स्तर आयोजना हुने यस्ता प्रतियोगिताबाट नयाँ खेलाडीको प्रतिभा प्रस्फुटन हुनुका साथै समग्र फुटवलको विकाशमा समेत मद्दत पुग्ने बताउनुभयो । क्लवका उपाध्यक्ष नारायणी बोहोरा पुनको अध्यक्षता रहेको उद्धघाटन कार्यक्रममा नगर खेलकुद विकाश समिति संयोजक लोक पुन, तिलोत्तमा वडा न १४ का वडाअध्यक्ष आश्विन पौडेल, मुख्य प्रायोजक हिराकुमारी पुन, सिद्धार्थ इट्टा उद्योगका प्रवन्ध निर्देशक इश्वरी बस्ती, नेपाली १९ बर्ष मुनिको महिला फूटबल टिमका मुख्य कोच यम गुरुङ लगायतको सहभागिता रहेको थियो ।


क्लवका सल्लाहकार निलप्रसाद पुनले स्वागत मन्तब्य दिनुभएको कार्यक्रमको सन्चालन प्रचार प्रसार संयोजक तथा क्लबका सचिव रवि अर्यालले गर्नुभएको थियो । स्व. बुवा लाल बहादुर पुन तथा स्व छोरा राजकुमार पुनको स्मृतिमा मंगलबारबाट शुरु भएको चौथो समपुर्ण कप खुला फुटबल प्रतियोगिता मंसीर ६ गतेसम्म चल्नेछ । सुपौली स्थित समपुर्ण क्लवको आफनै खेलमैदानमा शुरु भएको प्रतियोगितामा कुल १२ टोली आमनेसामने हुदैछन । प्रतियोगिताको विजेताले उपाधिसहित नगद रु ३ लाख ३ हजार ३ सय ३३ रुपैया हात पार्नेछ भने उपविजेताले १ लाख ५१ हजार १ सय ५१ रुपैया प्राप्त गर्ने क्लवका अध्यक्ष अविर पुन पाइजाले जानकारी दिनुभयो ।


त्यस्तै विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट गोलकिपर, सर्वाधिक गाृेलकर्ता र उदयीमान खेलाडीले नगद रु ८ हजार ५०० सय का दरले पाउनेछन् भने खेल अवधिभर हरेक दिनको म्यान अफ द म्याचले नगद रु ३ हजार सहित ट्रफी पाउने क्लवका कोषाध्यक्ष विजय थापाले जानकारी दिनुभयो । खेल हेर्नका लागि यसपटक पहिलो चरणका लागी रु ५० रुपैयाँ टिकट शुल्क तय गरिएको छ भने दोस्रो चरण, सेमीफाइनल र फाइनलका लागी रु १०० तय गरिएको क्लवका संस्थापक अध्यक्ष अशोक पुनले बताउनुभयो ।  यसैगरि जेष्ठ नागरिक, बालबालिका, महिला र फरक क्षमता भएका दर्शकहरुलाई प्रवेश निशुल्क गरिएको खेल संयोजक ढक बहादुर पुनले जानकारी दिनुभयो ।


कमेन्ट गर्नुहोस्