लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

न्यु इन्भाइरनमन्टका खेलाडीलाई बेल्ट वितरण,१०४ जना विद्यार्थी दिक्षित

IMG

मणिग्राम। रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको न्यु इन्भाइरनमन्ट अंग्रेजी माविमा अध्ययनरत १०४ बढी करांते विधाका विद्यार्थी खेलाडीलाई बेल्ट वितरण गरिएको छ।स्वास्थ्यका लागी खेलकुद तथा राष्ट्रका लागी खेलकुद भन्ने मुल नारालाई आत्मसात गर्दै अघि बढेको नेपाल सितोरियो कराते संघ रुपन्देही तथा न्यु इन्भाइरनमन्ट डोजोको आयोजना रहेको कार्यक्रममा विद्यार्थीहरुलाई ह्वाईट देखि ब्राउन बेल्ट सम्मका परिक्षामा सरिक गराइएको थियो ।


परिक्षामा सहभागी भएका मध्ये १०४ जना विद्यार्थी खेलाडीलाई शनिबार विद्यालय हाताभित्र बेल्ट तथा प्रमाणपत्र प्रदान गरिएको डोजोका प्रशिक्षक दिलमाया रानाले जानकारी दिनुभयो ।मधु पाण्डेको अध्यक्षता तथा न्यु इन्भाइरनमन्ट अंग्रेजी माविका एमडी हरि न्यौपानेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बोल्ने वक्ताहरुले खेलकुदले मानिसलाई स्वस्थ, ब्यस्त र मस्त राख्न मद्दत पुर्याउने भन्दै न्यु इन्भाइरनमन्ट अंग्रेजी माविका विद्यार्थी खेलाडीले देश बिदेशमा समेत आफु र आफ्नो विद्यालयको नाम चम्काउने सक्ने क्षमता रहेको बताएका थिए ।


कार्यक्रममा नेपाल सितोरियो कराते संघ रुपन्देहीका अध्यक्ष नारायण बहादुर थापा, जिल्ला रेफ्री संयोजक तथा प्रशिक्षक उमेश थापा, विद्यालयका प्राचार्य मधुप्रकाश ज्ञवाली, सहप्राचार्य ध्रुव खरेल, नेपाल कराते महासंघका महासचिव बासु बस्याल, सितोरियो कराते महासंघ प्रदेश अध्यक्ष सन्तोष सिंह तथा सिनियर प्रशिक्षक भुपेन्द्र सिंह लगायतले बोल्नुभएको थियो ।विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी लगायत पत्रकार समेतको सहभागिता रहेको बेल्ट वितरण कार्यक्रमको कार्यक्रमको सन्चालन सेन्साई सन्जु दंगोरिया थारुले गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्