
कुञ्जलापुर। ३७ औं झरना रनिङ शिल्ड फुटवल प्रतियोगिताको आज सम्पन्न दोस्रो क्वाटर फाइनल खेलमा जनज्योति क्लब विजयी भएको छ । तिलोत्तमा वडा न-६ कुन्जालापुरस्थित उमा आधारभूत विद्यालयको कुञ्ज खेल मैदानमा जारी प्रतियोगिताको सोमबार सम्पन्न खेलमा लिस्नु युवा क्लब कोटिहवालाई शुन्यका विरुद्ध ३ गोलले हराउदै जनज्योति क्लब सेमिफाइनल प्रवेश गरेको क्वलका सचिव मोहनसिंह रानाले बताए ।
प्रतियोगितामा जाज्योतिको तर्फबाट पहिलो गोल जर्सी नम्बर १४ का सिमान्त थापाले गरेका थिए भने, एरोन थापाले दिएको पासमा उनले गोल गरेका हुन्। त्यस्तै दोस्रो गोल सिमान्त थापाको पासमा जर्सी नम्बर १० का एरोन थापाले नै गरे। तेसो त रानेस क्षेत्रीले खेलको २२ औं मिनटमा गोल गरेर क्लबलाई पहिलो हाल्फ़मै ३-० को अग्रता दिलाए।प्रतियोगितामा जनज्योति एफ सी जर्सी नम्बर-११ का पेमा लामा म्यान अफ दी म्याच भए । प्रतियोगिता अन्तर्गत मंगलबारको खेल आयोजक झारा स्पोर्ट्स क्लव कुञ्जलापुर र नवलपरासी ११ भिड्नेछन ।स्व.युवा खेलाडी अंकित पुनको स्मृतिमा आयोजना गरिएको ३७ औं झरना रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता आश्विन १ गतेबाट शुरु भाएको हो । आश्विन १३ गतेसम्म चल्ने प्रतियोगितामा कुल १२ टोलीले सहभागिता जनाएका छन । प्रतियोगिताको विजेताले ३ लाख ४१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक विजय पुनले बताए । यस्तै दोस्रो हुनेले १ लाख ८६ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र पाउनेछ ।
प्रतियोगिताको सेमीफाइनल खेल्ने दुवै टिमलाई ३० हजार प्रदान गरिने खेल संयोजक पुनले बताए । त्यस्तै, विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले १५ हजार, बेष्ट डिफेन्स, बेष्ट मिडफिल्डर, बेष्ट स्ट्राइकर, बेष्ट गोलकिपर तथा बेष्ट कोचले क्रमश १०/१० हजार पाउनेछन् भने खेल अवधिभर हरेक दिनको म्यान अफ द म्याचले नगदसहित ट्रफी पाउने अध्यक्ष धनेन्द्र पौडेलले बताए । खेल हेर्नका लागि यसपटक १०० रुपैयाँ टिकट शुल्क तय गरिएको छ भने सेमीफाइनल र फाइनलका लागी रु २०० तय गरिएको छ । यसैगरि बृद्ध बृद्धा, महिला र फरक क्षमता भएका दर्शकहरुलाई प्रवेश निशुल्क गरिएको छ । यसैबीच कोटिहवामा जारी लिस्नु युवाद्धारा आयोजित लिस्नु फुटवल प्रतियोगिताको फाइनलमा आइतबार फर्साटिकर युवा क्लब तथा अन्चलपुर भैरहवा भिड्दैछन । यो खेल दिउँसो ठिक ३ बजेबाट पशुपति माविको खेल मैदान तिलोत्तमा १५ कोटिहवामा हुनेछ ।
कमेन्ट गर्नुहोस्