
कुञ्जलापुर। ३७ औं झरना रनिङ शिल्ड फुटवल प्रतियोगिताको आइतबार सम्पन्न पहिलो क्वाटरफ़ाइनल खेलमा वि पी कोइराला स्पोर्ट्स क्लवलाई ट्राइब्रेकरमा हराउदै योंग स्टार क्लव मडाहा विजयी भएको छ । तिलोत्तमा वडा न-६ कुन्जालापुरस्थित उमा आधारभूत विद्यालयको खेल मैदानमा जारी प्रतियोगिताको आइतबार सम्पन्न खेलमा रोमाचक खेलको बिचमा कुई पनि टिमबाट गोल नगरेपछि खेल ट्राईब्रेकरमा गएको थियो। ५/५ जनाले हाएको पेनाल्टी शुटमा दुवै टिम बाट उत्क्रिस्ट बचाऊ र गोल गरेपनि वि पी कोइराला स्पोर्ट्स क्लवलाई ३ का विरुद्ध ५ गोलले हराउदै योंग स्टार क्लव मडाहा सेमिफाइनल प्रवेश गरेको क्वलका सचिव मोहनसिंह रानाले बताए ।
प्रतियोगितामा उत्कृस्ट खेल खेलेका योङ्ग स्टार मडाहाका जर्सी नम्बर ११ का युवराज ढकाल म्यान अफ दी म्याच भए । प्रतियोगितामा सोमबारको दोस्रो क्वाटर फाइनल खेल लिस्नु युवा क्लब र जनज्योती क्लब डिङ्गरनगर बीच हुने आयोजकले जनाएको छ। स्व.युवा खेलाडी अंकित पुनको स्मृतिमा आयोजना गरिएको ३७ औं झरना रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता भदौ २६ गतेदेखि शुरु गर्ने भनिएपनि परिस्थितिवस आश्विन १ गतेबाट शुरुवात गरिएको हो । आश्विन १३ गतेसम्म चल्ने प्रतियोगितामा कुल १२ टोलीले सहभागिता जनाएका छन । प्रतियोगिताको विजेताले ३ लाख ४१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक विजय पुनले बताए । यस्तै दोस्रो हुनेले १ लाख ८६ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र पाउनेछ ।
प्रतियोगिताको सेमीफाइनल खेल्ने दुवै टिमलाई ३० हजार प्रदान गरिने खेल संयोजक पुनले बताए । त्यस्तै, विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले १५ हजार, बेष्ट डिफेन्स, बेष्ट मिडफिल्डर, बेष्ट स्ट्राइकर, बेष्ट गोलकिपर तथा बेष्ट कोचले क्रमश १०/१० हजार पाउनेछन् भने खेल अवधिभर हरेक दिनको म्यान अफ द म्याचले नगदसहित ट्रफी पाउने अध्यक्ष धनेन्द्र पौडेलले बताए । खेल हेर्नका लागि यसपटक १०० रुपैयाँ टिकट शुल्क तय गरिएको छ भने सेमीफाइनल र फाइनलका लागी रु २०० तय गरिएको छ । यसैगरि बृद्ध बृद्धा, महिला र फरक क्षमता भएका दर्शकहरुलाई प्रवेश निशुल्क गरिएको छ ।
कमेन्ट गर्नुहोस्