लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

३७ औं झरना रनिङ शिल्ड, चौथो दिनको खेलमा भुपु सैनिक जवई विजयी

IMG

कुञ्जलापुर। ३७ औं झरना रनिङ शिल्ड फुटवल प्रतियोगिताको पहिलो चरणको अन्तिम खेलमा भुपु सैनिक जवई स्र्पोट्स क्लब विजयी भएको छ । तिलोत्तमा वडा न ६ कुन्जालापुरस्थित उमा आधारभूत विद्यालयको खेल मैदानमा जारी प्रतियोगिताको शनिबार सम्पन्न खेलमा बलियो मानिएको फर्साटिकर युवा क्लब फर्साटिकरलाई शुन्यका विरुद्ध ४ गोलले हराउदै भुपु सैनिक दोस्रो चरणमा प्रवेश गरेको क्वलका सचिव मोहनसिंह रानाले बताए ।


भुपु सैनिकको जीतमा विश्वास श्रेष्ठले ह्यार्टिक गरे भने अनिल खड्काले १ गोल गरे । प्रतियोगितामा हार्टिक गरेका विश्वास श्रेष्ठ म्यान अफ दी म्याच भए । प्रतियोगितामा आइतबारको पहिलो क्वाटरफाइनल खेल योंग स्टार क्लव मडाहा र  वि पी कोइराला स्र्पोट्स क्लव भिड्नेछन । स्व.युवा खेलाडी अंकित पुनको स्मृतिमा आयोजना गरिएको ३७ औं झरना रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता भदौ २६ गतेदेखि शुरु गर्ने भनिएपनि परिस्थितिवस आश्विन १ गतेबाट शुरुवात गरिएको हो । आश्विन १३ गतेसम्म चल्ने प्रतियोगितामा कुल १२ टोलीले सहभागिता जनाएका छन । प्रतियोगिताको विजेताले ३ लाख ४१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक विजय पुनले बताए । यस्तै दोस्रो हुनेले १ लाख ८६ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र पाउनेछ ।


प्रतियोगिताको सेमीफाइनल खेल्ने दुवै टिमलाई ३० हजार प्रदान गरिने खेल संयोजक पुनले बताए । त्यस्तै, विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले १५ हजार, बेष्ट डिफेन्स, बेष्ट मिडफिल्डर, बेष्ट स्ट्राइकर, बेष्ट गोलकिपर तथा बेष्ट कोचले क्रमश १०/१० हजार पाउनेछन् भने खेल अवधिभर हरेक दिनको म्यान अफ द म्याचले नगदसहित ट्रफी पाउने अध्यक्ष धनेन्द्र पौडेलले बताए । खेल हेर्नका लागि यसपटक १०० रुपैयाँ टिकट शुल्क तय गरिएको छ भने सेमीफाइनल र फाइनलका लागी रु २०० तय गरिएको छ । यसैगरि बृद्ध बृद्धा, महिला र फरक क्षमता भएका दर्शकहरुलाई प्रवेश निशुल्क गरिएको छ । यसैबीच कोटिहवामा जारी लिस्नु युवाद्धारा आयोजित लिस्नु फुटवल प्रतियोगिताको फाइनलमा आइतबार फर्साटिकर युवा क्लब तथा अन्चलपुर भैरहवा भिड्दैछन । यो खेल दिउँसो ठिक ३ बजेबाट पशुपति माविको खेल मैदान तिलोत्तमा १५ कोटिहवामा हुनेछ । 

कमेन्ट गर्नुहोस्