लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

३७ औ झरना रनिङ्गशिल्ड फूटबल भदौ २६ गतेबाट शुरु हुदै, तयारी तिब्र

IMG

कुञ्जलापुर। यस क्षेत्रकै प्रतिष्ठित झरना स्पोर्ट्स क्लब कुञ्जलापुरको आयोजनामा हुने झरना रनिङ्ग शिल्ड नकआउट फुटबल प्रतियोगिताको ३७ औं संस्करण आगामी भदौ २६ गतेदेखि शुरु हुने भएको छ । क्लबले बार्षिक रुपमा गर्ने सो प्रतियोगीताको भरपुर मनोरंजन लिनुहुन सम्पुर्ण दर्शकहरुमा आग्रह गरेको छ। प्रतियोगिता सदाजस्तै यसपटक पनि तिलोत्तमा–६ , कुञ्जलापुर स्थित श्री उमा आधारभूत बिद्यालयको खेलमैदानमा हुने झरना स्पोर्ट्स क्लबका अध्यक्ष धनेन्द्र पौडेलले जानकारी दिएका छन् । प्रतियोगिता लागि आवश्यक सम्पूर्ण तयारीका कामहरु भैरहेको र यसपालिको प्रतियोगितालाई थप सभ्य र भब्य बनाउने गरि क्लबका पदाधिकारीहरु जुटिरहेको क्लबका अध्यक्ष पौडेलले बताएका छन् ।सो कार्यक्रममा क्लबका अध्यक्ष पौडेलले मुख्य प्रायोजक स्व: खेलाडी अंकित पुनको परिवार र अन्य सहयोगी प्रति धन्यबाद ज्ञापन गर्दै क्लबले गर्ने सबै सामाजिक गतिबिधि भन्दा अलिक फरक तरिकाले आयोजना गरिएको खेलकुद प्रतियोगितामा सबैले खुलेर समर्थन र सहयोग गर्न आग्रह समेत गरे। 


स्थानिय तथा राष्ट्रिय स्तरका खेलाडीको सहभागिता रहने खेलमा १२ टिमको सहभागिता रहने छ। झरना स्पोर्ट्स क्लबले विभिन्न सामाजिक क्रियाकलाप, नगरपालिकाका बिबिध कार्यक्रमहरुमा सहभागीता, खेल र खेलप्रतिको प्रगतीले स्थानिय स्तरमा मात्रै नभई देशमै उल्लेखनिय काम गरेको जिल्ला फुटबल संघका अध्यक्ष तथा झरना स्पोर्ट्स क्लबका भूपू अध्यक्ष लोक पुनले बताए। क्लवले प्रतियोगिता संचालनका लागि मैदान मिलाउने, लेबलिङ्ग गर्ने काम सम्पन्न गरि सकेको छ भने भने १ वटा स्थायी बनिसकेको र अन्य पश्चिम साइडमा प्याराफिट लगायतका अन्य भौतिक संरचनाहरुको काम समेत अगाडी बढाईएको छ ।प्रतियोगितामा रुपन्देहीसहित २ जिल्ला नवलपरासी र कपिलबस्तु गरि  १२ टिम तथा क्लबहरुको समेत सहभागिता रहने छ । 


तिलोत्तमा-६ निवासी स्व: अंकित पुनको स्मृतिमा उहाका हजुर बुवा खड्का बहादुर पुन तथा बुवा जितु पुनको परिवारले प्रतियोगितामा मुख्य प्रायोजन  गरेका छन्। उनले आफ्ना स्वर्गिय छोरा तथा नाती अंकित पुनको स्मृतिमा पुरस्कार प्रायोजन गरेका हुन् ।  प्रथम पुरस्कार वापत बिजेता टोलीले  ३ लाख ४१ हजार नगद सहित मेडल ट्रफी प्राप्त गर्नेछन  । उपविजेताले दोस्रो पुरस्कार बापत  १ लाख ८६ हजार नगद  प्राप्त गर्दा सेमिफाइनलमा पराजित हुने दुई टोलीले जनही ३०/३० हजार पाउने छन्। यसैगरी व्यक्तिगत विधातर्फ बेस्ट खेलाडी,बेस्ट गोलकिपर, बेस्ट मिड फ़िल्डर, बेस्ट रक्षात्मक खेलाडी, बेस्ट प्रशिक्षक,बेस्ट स्ट्राइकर लाई १५ र १० हजार नगद सहित उचित पुरस्कारको व्यवस्था संगै हरेक दिन म्यान अफ द म्याचलाई नगद र कपसहित पुरस्कृत गरिने क्लबका खेल संयोजक बिजय पुनले जानकारी दिएका छन । 


क्लबले खेल सम्पन्न गर्न २० लाख खर्च लाग्ने अनुमान गरेको छ। गत बर्ष तिलोत्तमा-४ को जनज्योति क्लबले उपाधि जितेको झरना रनिङ्ग शिल्ड फूटबल प्रतियोगिताको यस बर्षको फाइनल खेल असोज ६ गते हुने आयोजकले जनाएको छ।क्लबले खेलमा मुख्य प्रायोजन गर्ने स्व अंकित पुन मगरका बुवा जितु पुनले दिएको प्रथम पुरस्कार समेत ग्रहण गरेको छ। साथै क्लबले खेल हुने टाइसिट समेत सार्बजनिक गरेको थियो।क्लबले कुन्जपार्क रात्री उद्यान सहित फ़ाउण्टेन पार्क, ज्येस्ठनागरिक पार्क समेत निर्माण गरिरहेको छ। 

कमेन्ट गर्नुहोस्