लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

शंकरनगरमा उपप्रधान तथा अर्थमन्त्रीद्वारा ब्याट्मिण्टन कोर्ट अबलोकन

IMG

बनबाटिका। नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले नव ज्योति क्लब शंकरनगरद्वारा निर्मित ब्याट्मिण्टन कोर्ट निरिक्षण तथा अबलोकन  गरेका छन्। युवाहरुमा स्वास्थ्य र खेलकुदका लागि आवश्यक मागका आधारमा बजेट बिनियोजन गर्दै निर्माणाधीन सो ब्यट्मिण्टन कोर्टको अबलोकन तथा निरिक्षण गर्नुभएको हो। 


तिलोत्तमा नगरपालिकाको बनबाटिका प्राङ्गण भित्र स्वस्थ चौकीको दक्षिणपट्टि शुरुदेखि नै ब्याट्मिण्टन खेल खेल्दै आएकोले स्थानिय युवाहरुको लागि सो स्थान एकदमै पायक पर्ने हुँदा सो स्थानमा कोर्ट स्थापना गर्न पहल गरेको नव ज्योति क्लबका निबर्तमान अध्यक्ष दिपेश कंडेलले जानकारी दिनुभयो।सो स्थानमा ६० लाख बराबरको निर्माण कार्य छिट्टै सम्पन्न गरिने उहाँले जानकारी दिनुभयो। 


सो अवसरमा बोल्दै उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले स्थानिय स्तरमा युवाहरुको स्वास्थ्य तथा खेलकुदलाई मध्येनजर गर्दै बिनियोजन गरिएको बजेट निर्माण तथा व्यवस्थापनको युवाहरुले नै निगरानी गर्दै समृद्ध देशको निर्माणमा जुट्न आग्रह गर्नुभयो। सो अवसरमा क्लबका प्रतिनिधि एबम राजनीतिक व्यक्तित्त्वहरुको उअपस्थिति रहेको थियो। 

कमेन्ट गर्नुहोस्