
तिलोत्तमा । नेपाली कांग्रेसले तिलोत्तमा नगरपालिका को वडा न. १४ मा २ भातृ संस्था बिस्तार गरेको छ । शनिबार १४ मा आयोजित वडा भेलाका बिच नेपाली कांग्रेस जिल्ला रुपन्का सभापती रामकृष्ण खाणको प्रमुख आतिथ्यतामा नेपाल महिला संघ र नेपाल थारु संघ गठन गरिएको हो।कांग्रेसले महिला संघको अध्यक्षमा शर्मिला शेरचनलाई चुन्दै २१ सदस्यीय समिती गठन गर्यो भनेर सन्जन्य चौधरीको अध्यक्षतामा २१ सदस्यीय समिती बनाइएको हो । कार्यक्रमका प्रमुख अथिति सभापती रामकृष्ण खाणले कांग्रेस हरेक हिसाबले अब्बल बन्दै गइरहेको बताए । उनले बिस्तारित समितिले पार्टीका लागि काम गर्दा अनुशासित र पार्टी को परिधी ख्याल गरेर सफल कार्यकाल बनाउन सुझाए ।
त्यस्तै जिल्लाका पुर्व सभापती राम चन्द्र ढकालले भातृ संस्था स्थापना गर्नु पार्टीलाई थप मजबुद गराउनु भएकाले समितिका सदस्यको लगाव पार्टी प्रती झल्किनुपर्ने बताए । त्यस्तै कांग्रेस महासमिती सदस्य पुष्पा थरुनी, नेपाल थारु संघका जिल्ला सभापति चन्द्रमान थारु , नेपाली कांग्रेस तिलोत्तमा नगर सभापती हरिलाल पाण्डे, नेपाली कांग्रेस तिलोत्तमा १३ का सभापती नारायण ढकाल, तिलोत्तमा १४ का वडाध्यक्ष आश्विन पौडेल लगायतले बोल्दै पार्टीले समितीका सदस्य लाई ठुलो जिम्मेवारी सुम्पेकाले त्यसमा खरो उत्रन शुभकामना दिएका थिए ।कार्यक्रम नेपाली कांग्रेस तिलोत्तमा १४ का सभापती चुरामणि भुषालको सभापतित्व तथा सचिब अर्जुन क्षेत्री (हापु) को स्वागत मा सम्पन्न भएको थियो ।
कमेन्ट गर्नुहोस्