
सेमरी। रुपन्देही क्षेत्र नम्बर-३ को चुनावी सरगर्मी तातिरहेको छ। ईण्डिभिज्युअल भएपनि उम्मेदवारी दर्ता नहुदै करिव सबै दलका सम्भावित उम्मेदवारहरुले घरदैलो भेटघाट गरिसकेका छन्। सोहिक्रममा कार्तिक १७ मा उपनिर्वाचन हुने पक्का भएपछी यसअघिको चुनावमा नबोलेरै जित हासिल गरेका स्वर्गीय दिपक बोहोराका छोरा प्रज्ज्वल बोहोराले आफ्नो बुवाको सपना पुरागर्ने भन्दै चुनाबी अभियानलाई तिब्र बनाएका छन्। हाल घरदैलो गर्ने र सबैको कुरा नजिकबाट सुन्ने गरेका प्रज्ज्वलले अघिल्लो चुनावमा पनि बुवालाई संगै लिएर हिड्दा जनताको मन बुझ्न पाएको बताएका छन्। उनले आफ्ना बुवाका साथिहरुसंग भेटेर तिलोत्तमाको बभनी, बनकट्टि, सेमरी, सुपौली मडाहा, करौजिया लगायतका स्थानमा फेरी एकपटक स्वर्गीय बुवालाई जस्तै आफुलाई सहयोग गर्न आग्रह गरेका छन्।
प्रज्ज्वल आफैमा एक युवा र त्यसमाथि पनि आइटि ईन्जिनियरको रुपमा परिचित छन्। समाजमा समाजसेवीको उपमा पाइसकेका उनलाई समाजको दिर्घकालिन बिकास र त्यसको प्रभाव पार्ने सामर्थ्यले झक्झकाइरहेको हुन्छ। त्यसैले उनि अहिले जनताको पिरमर्का,घाउमा मल्हम लगाउने कोसिसमा छन्। उनि भन्छन : समग्र रुपन्देहीलाई नमुना जिल्लाको रुपमा बिकास गर्ने बुवाको लक्ष्यलाइ म क्षेत्र नम्बर-१ बाट शुरुवात गर्न चाहन्छु , हुनत, स्वर्गीय बुवाले पनि जनताको लागि धेरैजसो काम पक्कै गर्नुभएको छ, उहाँको अझै बाँकी सपना मैले पुरा गर्नुछ र जनतामा नयाँ आशाको दियो बाल्नु छ।
बुधबार तिलोत्तमाको वडा नम्बर-१३ र १४ का किसान, गरिव, मजदुर, समाजसेवी, बुद्धिजीवी एबम युवा र महिलाहरुको जमातलाई भेटी बार्तालाप समेत गरेका प्रज्ज्वलले संसारमा सबै मारेरै जानुपर्ने र आफुले गरेको काम जनताले सधै सम्झिने हुनाले मरेर गएपनि सम्झिने काम गर्नुपर्ने बताए। उनले बिकास निर्माण र जनतालाइ कृषि, ब्यबसाय उद्योग र कलकारखानाको विकासले रोजगारी र आत्मनिर्भरता ल्याउने हुँदा अबको मिसन गाउँगाउँको सुक्ष्म बिकासमा अघि बढ्ने बाचा समेत गरेका छन्।
गत २०७९ सालको चुनाबमा स्वर्गीय दिपक बोहोराले तत्कालिन समयमा बहालवाला गृहमन्त्री समेत रहेका बालकृष्ण खाणलाई पराजित गर्दै ३६ हजार ७ सय १७ मत ल्याएर बिजयी भएका थिए। लामो समयदेखि बिरामी रहेका स्वर्गीय बोहोरा चुनावी सभामा एकशब्द पनि नबोली उनको बिकासको खाकाले बिजयी भए , तथापि समय र उमेर अनि स्वास्थ्यले उनलाई साथ् दिएन। सोहि चुनावी क्षेत्रमा कार्तिक १७ गते हुन लागेको उपनिर्वाचनमा उनकै कान्छा छोरा प्रज्ज्वल बोहोरा उठ्नु जनताको लागि अर्को एउटा आशाको किरण बनेको छ।
कमेन्ट गर्नुहोस्