लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

झरना स्पोर्ट्स क्लबको ६५ औं साधारण सभा

IMG

तिलोत्तमा । झरना स्पोर्ट्स क्लब तिलोत्तमा ६ कुन्जलापुर रुपन्देहीको ६५ औ साधारण सभा शनिबार सम्पन्न भएको छ । क्लबका अध्यक्ष धनेन्द्र पौडेलको अध्यक्षता तथा तिलोत्तमा वडा न ६ का अध्यक्ष गणेश पाठकको प्रमुख आतिथ्य रहेको कार्यक्रममा बोल्ने वक्ताहरुले खेलकुदका अलावा सामाजिक उत्तरदायित्व वहन गर्ने शिलशलामा क्लवले निभाएको भुमिका वास्तव मै तारिफयोग्य रहेको बताएका छन ।


कुञ्जलापुरमा रहेको मगर भवनमा आयोजित साधारण सभामा बोल्दै प्रमुख अतिथि पाठकले लामो इतिहास बोकेको झरना स्पोर्ट्स क्लवले आगामी दिनमा थप जिम्मेवार भई सबैको साझा र अपनत्व हुने किसिमले काम गर्नुपर्ने बताउनुभयो । साधारण सभामा बोल्दै कार्यपालिका सदस्य नरबहादुर छन्तेलले सबैको साझा सम्पतिको रुपमा क्लवलाई अगाडी बढाउनु आजको आवश्यकता रहेको बताउनुभयो । वहाँले क्लवले गरेका काम कार्वाही प्रशंशनीय रहेको भन्दै तारिफ गर्नुभयो । 


कार्यक्रममा बोल्दै नगर खेलकुद विकाश समिति संयोजक तथा जिल्ला फुटवल संघ रुपन्देहीका अध्यक्ष  लोक पुनले फुटवलको माध्यामबाट शुरु भएको यात्रा सामाजिक कार्यमा समेत उत्तिकै सक्रिय भई लागिरेहको बताउनुभयो । अध्यक्षको प्रतिवेदन पेश गर्दै क्लवका अध्यक्ष धनेन्द्र पौडेलले सबैको ईच्छा, चाहना र भावनालाई अक्षरंश पालना गर्दै क्लव अघि बढ्दै गएको बताउनुभएको कार्यक्रममा क्लवका कोषाध्यक्ष निर्मल थापाले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।


कार्यक्रममा सिता खनाल गौतम, लोक बहादुर गुरुगँ, चुरामणी भट्टराई, तेज बहादुर गुरुगँ, डिलबहादुर थापा, संगिता गुरुगँ, दिवस थापा, गंगा प्रसाद राना लगायतको सहभागिता रहेको थियो ।सो अवसरमा क्लवलाई विभिन्न माध्यामबाट सहयोग पुर्याउने झरना स्पोर्ट्स क्लबका पदाधिकारी, संरक्षक तथा सदस्य, आमा समुहका अध्यक्ष तथा पदाधिकारी, विभिन्न टोल विकाश संस्थाका अध्यक्ष एवं प्रतिनिधी, समाजसेवी र स्थानिय लगायतलाई सम्मान गरिएको कार्यक्रममा उमीसरा दर्लामीको स्वागत तथा ओमप्रकाश थापाको सन्चालन रहेको थियो ।

कमेन्ट गर्नुहोस्