लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जापान गोजुरियोको २ दिने ब्ल्याक बेल्ट क्लोज क्याम्प तिलोत्तमामा शुरु

IMG

भलवारी। जापान गोजुरियो कराँते डो मिसन सँंघ तिलोत्तमाले ब्ल्याक बेल्ट क्लोज क्याम्पमा सहभागी २० जना प्रशिक्षकहरुलाई रिफ्रेसर तथा प्रमाणपत्र प्रदान गरेको छ । भलवारीमा आयोजित कार्यक्रममा बोल्दै तिलोत्तमा वडा न ७ का अध्यक्ष देवी पंगेनीले कराँते खेलको विकाशका लागी आफुले सक्दो सहयोग गर्ने बताए ।


उनले नगरपालिकाबाटै बजेट लगायतका ब्यवस्था गर्न सके कराँते खेलका लागी महत्वपुर्ण टेवा पुग्ने जनाए । जापान गोजुरियो कराँते डो मिसन सँघ नेपालका प्रमुख सल्लाहकार भरत बहादुर केसीले कराँते खेलले सस्कारी बन्न सिकाउने बताउदै यसको सिको सबैले गर्नुपर्ने बताए । उनले सबैक्षेत्रबाट कराँतेलाई सहयोग भए अन्तराष्ट्रिय स्तरमा नेपालले थप उन्नति गर्ने जनाए । 


संघका सल्लाहकार तथा उद्योगपति बसन्त रोका क्षेत्री समेतको सहभागिता रहेको कार्यक्रमको सन्चालन संघका प्रदेश सदस्य उमाशंकर खड्काले गरेका थिए । यसैगरि २ दिने कार्यक्रम अन्र्तगत शनिबार ब्ल्याक बेल्ट ग्रेडिँगमा सहभागी खेलाडीहरुलाई ब्ल्याक बेल्ट र प्रमाणपत्रले सम्मान गरिने भएको छ ।जापान गोजुरियो कराते डो मिसन संंघ नेपालका संस्थापक अध्यक्ष तथा प्रमुख प्रशिक्षक काजी रानाले दिएको जानकारी अनुसार शनिबार मगर भवन कोटिहवामा हुने बेल्ट वितरण कार्यक्रममा नगर प्रमुख रामकृण खाड तथा उपप्रमुख जगेश्वरदेवी चौधरी लगायतको सहभागिता रहने छ ।

कमेन्ट गर्नुहोस्